माघ १९, आँबुखैरेनी ।
आँबुखैरेनी स्रष्टा समाजद्वारा २०७५ सालको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ को घोषणा गरेको छ ।
समाजको मिति २०७७।१०।१८ गते आइतबार बसेको बैठकले साहित्यतर्फ कवि मित्रलाल पंज्ञानीलाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य विधातर्फ हास्यकलाकार रमेश के. सी. मत्तारेलाई ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।
दुवै पुरस्कारको राशी जनही नगद रु. दश हजार र सम्मानपत्र रहेको छ । यसैगरी ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ आँबुखैरेनी क्याम्पसका स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण व्यवस्थापन संकायतर्फका सपना गुरुङ र शिक्षाशास्त्र संकायतर्फका दिपीका थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।
आँबुखैरेनी स्रष्टा समाजले २०७१ सालदेखि ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र २०७३ सालदेखि ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्दै आइरहेको छ । सो कार्यक्रममा आँबुखैरेनी स्रष्टा समाजले प्रकाशन गरेको सानुकाजी थापाको ‘अनावरण’ पुस्तकको कृति विमोचन र परिचर्चा कार्यक्रम समेत हुने भएको छ ।
यसैगरी संस्थाका सल्लाहकार एवं समाजसेवी श्री भगवानदास मल्लको दिवंगत बुबा कृष्णदास मल्ल र आमा दिवंगत चेतकुमारी मल्लको स्मृतिमा एक पुरस्कारको अक्षयकोष स्थापना गरी आँबुखैरेनी र यस वरपरका क्षेत्रका सामाजिक कार्यमा विशिष्ट योगदान पु¥याउने समाजसेवी र सामाजिक अभियन्तालाई पुरस्कृत र सम्मान गरिने निर्णय समेत समाजले गरेको छ ।
आउँदो चैत्र १४ गते शनिबार आँबुखैरेनीमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठले बताउनु भएको छ ।