राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिको आयोजनामा ७९ औँ रुकुम साहित्यमाला यही माघ १६ गतेका दिन सहिद दिवसको अवसर पारी त्रिवेणी मा.वि.सिम्रुतुमा भब्य रुपमा सम्पन्न भयो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढा, वरिष्ठ साहित्यकार पुर्ण ओली, सिम्रुतु क्याम्पसका क्याम्पस प्रमुख सूर्यविक्रम खड्का, डा.परिक्षित ओली, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का सचिव ओम बहादुर खत्री, शिक्षक अविभावक संघका अध्यक्ष तुलसिराम बुढाथोकी, साहित्यकार चन्द्रा ओली, साहित्यकार तथा समाजसेवी देवकुमारी ओली, कला, साहित्य संस्कृति संरक्षा मञ्च त्रिवेणीका सदस्य गोपाल ओली, साहित्यकार एक्कबहादुर के.सी. लगायतको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय गान, शहिदहरूको सम्झनामा १ मि मौन धाराण, अमर शहिदहरूका तस्बिरमा माल्र्यापण पश्चात राप्ती साहित्य परिषद्का आजीवन सदस्य प्रेमप्रकास मल्लले स्वागत मन्तब्य राख्नु भएको थियो ।
उक्त साहित्यिक कार्यक्रममा त्रि.मा.वि. सिम्ुतुुका सहायक प्र.अ. रामलाल गौतमले व्यावस्थापकीय मन्तव्य राख्नुभएको थियो ।
राप्ती साहित्य परिषद् रुकुम शाखाका सचिव ओम बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
चार दर्जन स्रष्टाहरूद्वारा रचना वाचन गरिएको उक्त साहित्यमाला कार्यक्रमको सञ्चालन शाखाका पूर्व सदस्य टेकबहादुर पाण्डेले गर्नुभएको थियो ।