माघ १७, झापा ।
चेतना प्रकाशन संस्था, झापाको आयोजनामा जयन्द्र प्रसाईं साहित्य सेवाकोषको सभाकक्षमा ‘साहित्यिक सचेतना–९’ (श्याम प्रसाद शर्मा स्मृतिग्रन्थ) तथा पुण्यप्रसाद खरेलको नियात्रा ‘डुलफिरका कुरा’को लोकार्पण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा स्मृतिग्रन्थको परिचय सहप्राध्यापक चूडामणि वशिष्ठ तथा दामोदर ढुङ्गेलज्यूले गर्नुभएको थियो । पुण्यप्रसाद खरेलको नियात्र ‘डुलफिरका कुरा’ को प्रशिद्ध साहित्यकार तथा वरिष्ठ अधिवक्ता लीला उदासीज्यूले गर्नुभएको थियो ।
यज्ञराज प्रसाईं, सरोज ओली तथा प्रलेसका प्रदेश १ का अध्यक्ष डा देवी दुलाल क्षेत्रीले शुभकामना व्यक्त गर्नुभएको कार्यक्रममा विरही अधिकारी, डा. खगेन्द्र दाहाल, मुनाराज शेर्मा, दुर्गा काफ्ले, तीला लेकाली तथा मधु पोखरेलले कविता, गीत तथा गजल प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता, प्रशिद्ध साहित्यकार, भाषाविद, झर्रो नेपाली अभियानका स्थापनाकालदेखिका अभियन्ता चूडामणि रेग्मीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गुरु चूडामणि रेग्मीज्यूले सारगर्भित रुपमा मन्तव्य प्रकट गर्ने क्रममा श्याम प्रसाद शर्माको योगदानका वारेमा चर्चा गर्दै झापामा उहाँप्रति भएको सम्मान तथा उहाँलाई चिनाउन गरिएको कार्यक्रमहरु वारे परिचर्चा गर्नुभएको थियो ।
कार्यक्रममा मोरङका तीला लेकाली, हरि बराल, रामबाबु दाहाल, मधु पोखरेल, सुनसरीका डा भोलानाथ पोखरेल, इलामका देवी क्षेत्री दुलाल, नुरज भट्टराई तथा झापाका प्रतिष्ठित साहित्यकारहरु प्रलेस झापाका अध्यक्ष राजेन्द्र संग्रौला, प्राज्ञसभासद सुभद्रा भट्टराई, मुनाकिरण डाँगी, शारदा कोइराला, परशुराम तिमसिना, जय आचार्य, डिल्लीराम परदेशी, इन्द्रप्रसाद कटुवाल, हस्त परियार, माधवप्रसाद खतिवडा, भानु भण्डारी, विन्दु दाहाल, दुर्गाप्रसाद सिग्देल, अर्जुन खरेल, त्रिलोचन संग्रौला, गोपालकुमार संग्रौला, मायामितु, सुनीता तामाङ, टङ्क काफ्ले विकल्प, झाँक्रीखोले, हरिनारायण भट्टराई, तुलसी भट्टराई, दिलिप घिमिरे, डा ठाकुर पोखरेल, देवीभक्त श्रेष्ठ, कुमार भट्टराई, डम्बरबहादुर बस्नेत, गङ्गाराम ढुङ्गेल, चन्द्र भण्डारी गरी सयजना जति साहित्यकारहरुको उपस्थिति रहेको र भव्यरुपमा सम्पन्न भएको थियो ।