१४ पौष, काठमाडौं ।
साहित्यकार सुशिला भुसालको उपन्यास ‘अनुश्री’ बजारमा आएको छ । विभिन्न विधामा कलम चलाइरहेकी सुशीलाको यो पहिलो उपन्यास हो । लेखिकाको अनुसार, “नारीचेतमा लेखिएको यस उपन्यासमा नारी पुरुष बीचको सह–अस्तित्वको मर्म गहन रूपमा समेटिएको छ ।”
साथै प्रसिद्ध साहित्यकार भुवनहरि सिग्देलले यस पुस्तकबारे भन्छन्– “असन्तुलनको आवाज, आधा आकाशको दोछायाँ । नारी मर्मको अन्तर्नाथ । सुन्दरीका आवरणभित्रको नारीअङ्ग क्षयीकरणको विरोध । यो पुरुषको ताडनको एकोहोरो नारीवादको प्रलाप होइन ।”
त्रि–ज्योति प्रालिले प्रकाशन गरेको यस पुस्तकलालई ज्ञानज्योति बुक्स पब्लिकेसनले प्रालिले वितरण गरेको छ । २८८ पेज रहेको यस उपन्यासको मूल्य रु. ४१३ रहेको ज्ञानज्योति बुक्सले बताएको छ ।