शनिबार, २४ अक्टोबर, अमेरिका ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार जूम प्रविधिका माध्यमबाट दसैँ शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
अनेसासको साप्ताहिक नियमित कार्यक्रम “अनेसास अनलाइन संवाद”को २४ औँ शृंखलालाई यो स्वरूपमा प्रस्तुत गरेको हो । कार्यक्रममा अनेसास केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, बोर्डअफ ट्रष्टिका पदाधिकारीहरू, अनेसास केन्द्रीय सल्लाहकारहरू, च्याप्टरका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले दसैँको शुभकामना व्यक्तगर्दै सहभागीहरूलाई स्वागत गरेका थिए भने महासचिव सर्वज्ञ वाग्लेले कार्यक्रमको संयोजन गरेका थिए ।
कार्यक्रममा बोर्डअफ ट्रष्टिका अध्यक्ष गीता खत्री, उपाध्यक्षद्वय पदम बिश्वकर्मा र पुरु सुवेदी, केन्द्रीय सल्लाहकारत्रय राधेश्याम लेकाली, राम खत्री, र सुमलकुमार गुरुङ, बोर्डअफ ट्रष्टिका पूर्व उपाध्यक्ष रोहिणी शर्मा ,केन्द्रीय उपाध्यक्षद्वय बाबा बस्नेत र राजेन्द्र श्रेष्ठ, सचिव विमला निरौला, कोषाध्यक्ष कृष्णकुमार गिरी, सदस्यहरू दीप पाठक, डा. रेणुका सोलु, तारा अधिकारी, निजानन्द मल्ल, माया गुरूङलगायतले शुभकामना मन्तब्य तथा कविता वाचन गरेका थिए ।
अनेसास च्याप्टरका तर्फबाट नम्रता गुरागाईं, विष्णुमाया विभू, दीप कार्की, गिरिजा गैरे, अरुण पौडेललगायतले शुभकामना ब्यक्त गर्दै रचना वाचन गरेको उक्त कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजाले शुभकामना तथा धन्यबाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा क्यान्सरबाट पीडित अनेसासका आजीवन सदस्य तथा अनेसास लसएञ्जलस च्याप्टरका उपाध्यक्षसमेत रहेका प्रकाशचन्द्र घिमिरेको स्वास्थ्य लाभको कामना गर्दै उपचारार्थ चलिरहेको आर्थिक संकलन कार्यका लागि सहयोग गर्न आव्हान पनि गरिएको थियो भने कोरोनासँग लडिरहेका सबैको स्वास्थ्य लाभको कामना गरिएको थियो ।