१८ अक्टोबर, पोल्याण्ड ।
विश्वभर नेपाली भाषा र साहित्यको बिस्तार र प्रवर्द्धनमा लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नयाँ च्याप्टर गठन भएको छ । आइतबार पोल्याण्डका नेपाली साहित्यकारहरूबीचको छलफलबाट “अनेसास पोल्याण्ड च्याप्टर”को गठन भएको हो ।
सुसन परियार बिसर्जनको अध्यक्षतामा नवगठित च्याप्टरको उपाध्यक्षमा भीम परियार, महासचिवमा प्रतिमा थापा, सचिवमा बिराश सुन्दास र कोषाध्यक्षमा संगीता लामा घलान चयन भएका छन् ।
यसैगरी समितिको सदस्यमा जम्याङ्ग थिङ र डम्बर गुरुङ रहेका छन भने मित्रलाल पार्दे संरक्षक रहेका छन् । भेलाले होमनाथ सापकोटा र विकास दोङलाई सल्लाहकारमा चयन गरेको छ।