काठमाडौं ।
स्मिता दाहालको गीत ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ ।
गीतको शब्द र संगीत राजनराज शिवाकोटीको रहेको छ भने संगीत एरेञ्ज दिक्षित पौडेलको छ । स्मिता दाहालको स्वरको गीत शुक्रबार युट्युवबाट सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा गायिका स्मिता र अभिनेता सलोन बस्नेत मुख्य भमिकामा रहेका छन् । सँगै सुमी गुरुङ, प्रकाश घिमिरे, वाल कलाकार सलिना राना र अल्फा शाह ठकुरी पनि भिडियोमा देखिन्छन् ।
उक्त ‘मायाले मलाई बोलायो’ भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।