साहित्यकार दीपा राई पुनले “मैले कोरेको चित्र” बोलको गीति भिडियो सार्वजनिक गरेकी छिन् ।
बिहीबारबाट युट्युवमार्फत् सार्वजनिक भएको उक्त गीतलाई हरि लम्सालले संगीत गरेका छन् भने प्रतापदासले स्वर भरेका छन् ।
निकेश खड्काको निर्देशनमा तयार भएको गीति भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुशमान देशराजले अभिनय गरेका छन् ।
बिशेषतः कविताका क्षेत्रमा कलम चलाउदै आएकी दीपाको प्रस्तुत गीतको निर्माण उनकी आमा बिमला राईले गरेकी हुन् ।
मायामा बिश्वास गर्नेहरूको कथा बोकेको उक्त गीतमा सुन्दर दृश्यलाई कैद गरिएको छ । चलन चल्तिको गीत भन्दा फरक धारमा गीत लेख्दै आपकी दीपाको भिडियोलाई बुध्द थापाले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् ।