काठमाडौं ।
प्रगितवादी कवि चन्द्रा थानीको उपचारको क्रममा आइतवार निधन भएको छ ।
२०१७ साल चैत्र १६ गते जन्मिएकी चन्द्रा थानी पित्त थैलीको पत्थरीको शल्यक्रियाका लागि मेडिसिटी अस्पतालमा भदौं १७ गते भर्ना भएकी थिइन् । शल्यक्रियापछि उपचारको क्रममा उनको निधन भएको हो ।
उनको आइतबार साँझ पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यिष्टि गरिएको छ ।
२०३५-३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भएकी साहित्यकार थानी २०३८ सालमा नेकपा चौमको सदस्य भई क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा सक्रिय हुँदै आएकी थिइन् ।
इच्छुक साँस्कृतिक प्रतिष्ठानकी कार्यसमिति सदस्य र अखिल नेपाल जनसाँस्कृतिक महासंघकी केन्द्रीय सचिवालय सदस्य समेत रहेकी कवि चन्द्रा थानीका ‘संकल्प (कविता सङ्ग्रह)’, ‘नारी चेतना (कविता सङ्ग्रह)’ र ‘कत्लेआम (नारायणहिटी काण्ड विेशेष)’ गरी तिन कृति प्रकाशित छन् ।