काठमाडैं, ७ भदौ ।
‘हाम्रो मौलिकता हाम्रो सान सम्पुर्ण नारीहरुलाई सम्मान’ भन्ने मुख्य नाराका साथ धनगढीमा संचालित दहाल पुस्तक पसलको मुख्य प्रायोजनमा प्रथम अनलाइन धनगढी तीज फोटो प्रतियोगिता २०७७ को फाइनल जुम ए्याप मार्फत धनगढी उपमहानगरपालिकाकि उपप्रमुख शुशीला मिश्र भट्ट ज्युको प्रमुख आतिथ्यतामा भर्खरै सम्पन्न भएको छ।
प्रमुख अतिथि भट्ट भन्नुहुन्छ यस्तो विषम परिस्थितिमा विश्वभरीका नेपाली दिदिबहिनीहरुलाई जोड्न र मौलिकता जोगाउने खालको प्रतियोगिता समर्पण मिडिया धनगढीले जो गरेको छ यो उत्कृष्ट प्रयास छ आगामी दिनमा थप परिपक्व बनाएर लैजाने हो भने यो प्रतियोगिताको गरिमा अझ बढ्दै जाने बताउनुभो । त्यस्तै प्रतियोगितामा विशिष्ट अतिथि पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिस्टले हुनेखाने र हुँदा खाँदाबिचको खाडल पुर्न र दिदिबहिनीमा आपसी भाइचारा प्रदान गर्न यो प्रतियोगिता सफल भएको बताउनुभो ।
प्रतियोगिताको मुख्य प्रायोजक दहाल पुस्तक पसलका प्रबन्धक मेखराज दहालले समर्पण मिडिया धनगढी र उहाँहरुले अत्यन्तै सृजनशील काम गरेकोले आफुले सामाजिक उत्तरदायित्व अन्तर्गत केही सहयोग गरेको र यसलाई निरन्तरता दिने बताउनुभयो ।
प्रतियोगितामा विश्वभरिबाट (अमेरीका,नर्वे,युएई,भारत,नेपाल) १२६ जना नेपाली दिदिबहिनी सहभागी हुनुभएको थियो । प्रतियोगितामा सहभागी बन्नको लागि समर्पण मिडिया धनगढी samarpan media Dhangadhi को facebook पेजमा सहभागीले नाम, ठेगान र मौलिकता झल्किने फोटो माग गरिएको थियो र ती आएका फोटोहरुलाई सहभागी न. राखेर samarpan media Dhangadhi को पेजमा राख्दै प्रतियोगि मध्ये जसको पोस्टमा बढी like आयो सोही सहभागी विजेता बन्ने प्रावधान थियो । जसमा आज भएको फाइनलमा सहभागी १२६ मध्ये प्रथम : समि ठकुरी ,द्वितीय: रक्षा बम, सान्त्वना ५ मध्येमा, १- रेखा रावत, २- बसन्ती सापकोटा ,३- पुजा फुलारा, ४- ममता थापा र ५- चित्रा नौन्याललाई क्रमशः प्रथम नगद रु.५०००/- गिफ्ट ह्याम्पर, दृतिय नगद ४०००/- र गिफ्ट र सान्त्वना ५ चै जनालाई नगद १०००/१००० र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
फाइनल कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उपप्रमुख शुशिला भट्ट, विशिष्ट अतिथि क्रमशः पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिस्ट ज्यू, मुख्य प्रायोजक दहाल पुस्तक पसलका प्रबन्धक मेखराज दहाल, समासेवी हेमराज ओझा, अतिथि क्रमशः धनगढी उपमहानगरपालिकाकि कार्यपालिका सदस्य रत्ना बिस्ट, युएईबाट समाजसेवी बिजय गिरि हुनुहुन्थ्यो । सृजनशील मंच, सुदूरपश्चिम, खबरपात मिडिया पब्लिकेसन र समर्पण मिडिया धनगढीको सयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम समर्पण मिडिया धनगढीका प्रबन्धक डिल्लीराज ओझाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सृजनशील मंच, सुदूरपश्चिमका संयोजक एवं खबरपात मिडियाका प्रधान सम्पादक जनक रसिकले गर्नुभएको थियो।