काठमाडौं, २०७६ माघ १५ ।
पूर्वमन्त्री श्रीप्रसाद जबेगूको कथा संग्रह ‘साप्थबा’ विमोचन भएको छ । शनिबार सातदोबाटो स्थित चुम्लुङ हिममा पूर्वकुलपति बैराँगी काइला, पूर्वसञ्चारमन्त्री राम कार्की र डा. देवी क्षेत्री दुलाल लगायतले कथा संग्रह विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकुलपति काइलाले नेपाली साहित्यमा मातृभाषाबाट कृतिको नामाकरणले नयाँ आयाम थपिएको बताए । उनले भने ‘जबेगूको कथा भन्ने तरिका राम्रो छ ।’
जबेगूद्धारा लिखित साप्थबामा संग्रहित कथाहरु ग्रामीण भेगका पिछडिएका, गरिब, निमुखाहरुको जीवन १५ वटा कथामा समिटिएको छ । कथाकार जबेगूको यो दोस्रो कृति हो । यस अघि उनको निबन्ध संग्रह लिम्बुवान : लिम्बू कि लिम्बुवानवासीको २०७३ मा प्रकाशित छ ।
कथा संग्रह सन्तवीर नेम्बाङ र शकुन्तला नेम्बाङले प्रकाशित गरेका हुन् । याक्थुङ लेखक संघले आयोजना गरेको विमोचन कार्यक्रम संघका महासचिव टंक सेलिङको अध्यक्षतामा भएको थियो ।
समाचार साभार- https://www.onlinekhabar.com/