काठमाडौं, ११ माघ ।
तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाएका छन् । सोही अबसरमा तामाङ समुदायले काठमाडौंको टुँडिखेल वरिपरि भव्य सांस्कृतिक प्रदर्शन गरे । माघ शुक्ल प्रतिपदाका दिन सम्पन्न हुने यस पर्वमा देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले टुँडिखेलमा सांस्कृतिक झाँकी पनि प्रदर्शन गरे।
मञ्जुश्री पात्रो अनुसार आजबाट सुगुर वर्ष सकिएर मुसा वर्ष सुरु भएको छ । तामाङ क्यालेन्डरे अनुसार आजैबाट २८५६ औँ वर्ष सुरु भएको छ । यस पात्रो अनुसार मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर,चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन् । तामाङ भाषामा ल्हो भनेको वर्ष र सार भनेको फेरिनु हो ।
२८५६ वर्ष पहिले आजैको दिन मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मादेशना गरेकोले आजैका दिनदेखि मञ्जुश्री संवत सुरु भएको मानिन्छ ।