भारत सरकारले यस वर्षको पद्मश्री सम्मान असममा बसेर नेपाली भाषा साहित्यमा योगदान गर्ने साहित्यकार लीलबहादुर छेत्रीलाई प्रदान गर्ने भएको छ ।
यो पुरस्कार प्रत्येक वर्ष भारतको ७१औं गणतन्त्र दिवसको अवसरमा विभिन्न विधामा कलम चलाउने प्रतिष्ठित साहित्यकारलाई दिने गरिन्छ । भारत सरकारले यसवर्ष ७ जनालाई पद्मविभूषण, १६ जनालाई पद्मभूषण अनि ११८ जनालाई पद्मश्री पुरस्कार दिने भएको छ जसमध्ये लीलबहादुर नेपाली भाषा साहित्यको तर्फबाट पद्मश्री पाउनु हुने भएको हो ।
यी प्रतिष्ठित नागरिक पुरस्कार भारतका राष्ट्रपतिद्वारा एक समारोहबीच प्रदान गरिनेछ।
लीलबहादुर छेत्री नेपाली साहित्यमा एक सम्मानित नाम हो । उहाँलाई शिक्षा र साहित्यको निम्ति पद्मश्री पुरस्कार प्रदान गरिएको हो। उहाँका बसाइँ र ब्रह्मपुत्रको छेउछाउँजस्ता उपन्यास चर्चित छन्। उहाँले १९८७ मा ब्रह्मपुत्रको छेउछाउँ कृतिका लागि साहित्य अकादमी पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।