काठमाडौं, साउन १५ । नेवार समुदायले हिजो गठेमंगल पर्व मनाएका छन् । यो पर्व प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाउँछन् । यस पर्वलाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । घरबाट दुष्ट आत्मा र भूतप्रेतलाई लखेट्न घर र चोक सफा गरी बेलुका घण्टाकर्ण दहन गरिन्छ । सडक चोकमा नर्कटबाट बनाइएको घन्टाकर्णको प्रतिरूप गठेमंगल साँझ नदीमा लगेर विसर्जन गरिन्छ ।
सत्ययुगमा काठमाडौं उपत्यकामा एउटा राक्षसले भगवानको नाम सुन्न नपरोस् भनेर कानमा घन्टा झुन्ड्याएर हिँड्थ्यो । त्यसले बाटोघाटो र चौबाटोमा हिँड्ने बटुवासँग पैसा मागेर आतङ्कित गथ्र्यो । पछि उसको मृत्युपछि उसको आतङ्कबाट आजित जनसमूदायले उसको मृत्युमा खुसी मनाउन घन्टाकर्ण पर्व मनाउन थाले ।
यस्तै अको किंवदन्ती अनुसार धनी परिवारकी युवतीसँग प्रेममा परेको एकजना युवकको चौबाटोमै मृत्यु भएपछि उसको दहन गर्नका लागि यो पर्व सुरु भएको थियो ।
यो दिन भूतप्रेत लगायत अन्य खराब आत्माबाट जोगिन घरको मूल गेटमा फलामको तीनखुट्टे गाड्ने र फलामको औँठी लगाउने पनि प्रचलन रहेको छ ।