माक्र्सवादका व्याख्याता तथा नेपालका हितैषी समिर अमिनको ८६ वर्षको उमेरमा निधन भएको छ । दर्जनौँ पुस्तकका लेखक अमिन नेपालकोे माओवादी आन्दोलनबारे राम्रो जानकारी राख्ने लेखक हुन् । उनी सन् २००८ मा नेपाल आएका थिए ।
समिरले अफ्रिका तथा एशिया लगायत तेस्रो विश्वको मुक्तिका लागि गहन विचार प्रतिपादन गरेका छन् । यिनीले पुँजीवादी व्यवस्थाको विकल्प समाजवाद बाहेक अरू हुनै सक्दैन भन्थे । समाजवादप्रति पूर्ण आशावादी यी विद्वान एकध्रुवीय अमेरिकी साम्राज्यवादका ठाउँमा बहुध्रुवीय विश्वका पक्षपाती थिए । माक्र्सवादी चिन्तक समीर अमीनले अफूलाई ‘जुझारू बुद्धिजीवी’ (मिलिटेंट इंटेलेक्चुअल) मान्थे । नभन्दै उनी जुझारु मार्क्सवादी बुद्धिजीवी थिए ।