कथाकार ध्रुवसत्य परियारको कथा सङ्ग्रह ‘कैरन’ सार्वजनिक भएको छ । मण्डला थिएटरमा शनिबार सम्पन्न विमोचन कार्यक्रममा साहित्यकार आहुति, पत्रकार गुणराज लुइँटेल र लेखक अर्चना थापाले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै साहित्यकार आहुतिले ध्रुवसत्यले उठाउनु पर्ने विषय उठाएका भए पनि यसको शैलीका कारण केही समस्या सिर्जना भएको धारणा व्यक्त गरे । उनले प्रायः लोक÷दन्ते कथामा राजा महाराजाहरू सत् पात्रको रूपमा देखिने भएकोले यस्ता विषय उठाउँदा नयाँ पुस्ताले ध्यान पु¥याउनु पर्छ भन्दै तर यी पात्रहरू खलपात्रको भूमिकामा छन् भने उठाउँदा ठिक हुने बताए । ‘धु्रवसत्य फरक शैलीमा कथा लेख्ने स्रस्टा हुन् । तर उनले उठाएका सशक्त विषयलाई पुरानो लोक कथाको शैलीले कमजोर बनाएको छ ।’ उनको भनाइ थियो ।
अर्चना थापाको भनाइ भने आहुतिको भन्दा अलि भिन्नै थियो । उनको दृष्टिमा ध्रुवसत्यका कथाहरू फरक अर्थ निर्माण गर्न सक्षम छन् । ‘उनका कथाले फरक अर्थ र अनुभूति दिनुका साथै फरक तरीकाले स्पर्श गर्छन् । उनको लेखनले सत्यको मिनिङ परिवर्तन गरेको छ ।’ उनले भनिन् ।
पत्रकार गुणराज लुइँटेलले भने उनको पत्रकारिता र लेखन कार्यको संगति कोट्याउने प्रयत्न गरेका थिए ।
सांग्रीला बुक्सले प्रकाशन गरेको यो कथासङ्ग्रह उनको दोस्रो कृति हो ।