काठमाडौं कार्तिक १९ ।
प्रत्येक महिनाको तेस्रो शनिबार आयोजना हुने कविताको कार्यक्रम सँझ्या साहित्य १८ गते भक्तपुरमा सम्पन्न भएको छ । अग्रज र नयाँ पुस्ताका कविलाई एउटै मञ्चमा देख्न र सुन्न पाइने यो कार्यक्रम लुकुन्थलीको ओम ज्ञान मन्दिरमा आयोजना गरिन्छ । यसपल्ट अग्रज कवि अविनाश श्रेष्ठका साथमा युवा कवि सुमनराज श्रेष्ठ र अञ्जना इछमफुल राई सहभागी थिए । कविहरूले नयाँ र पुराना गरी आठ÷आठवटा कविता सुनाएका थिए । कार्यक्रमको अन्त्यमा सधैको प्रचलन अनुसार नै उत्तम लिम्बुले एउटा कविता वाचन गरेका थिए ।