काठमाडौं, २९ मङ्सिर ।
बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सकिएको छ । महोत्सवको अन्तिम दिन यस वर्षका उत्कृष्ठ र पुरस्कृत चलचित्रको घोषणा गरिएको थियो । यस वर्षको किम्फमा एन्ड्रीयु हिन्टन र जोनी ब्रुकको ‘टासी एन्ड द मंक’ चलचित्र उत्कृष्ठ ठहरियो भने पोल्यान्डका पावेल विसोजान्स्कीको फिल्म ‘जुरेक’ दोस्रो । यी दुबै चलचित्रले क्रमशः १५ सय र एक हजार डलर पुरस्कार हात पारे ।
किम्फमा अन्तर्राष्ट्रिय र नेपाल पानोरमा गरी दुई समूहमा चलचित्रको प्रतिस्पर्दा गराइएको थियो ।
नेपाल पानोरमा अन्तर्गत वृततित्र ‘भाग्यले बाँचेकाहरू’ ले दर्शक छनोट अवार्ड हात पा¥यो । यसले नेपाली ५० हजार पुरस्कार प्राप्त गर्न सफल भयो । त्यस्तै नेपाल पानोरमामा फिक्सनमा अरुणदेव जोशीको फिल्म ‘कमारो’ उत्कृष्ठ ठहरियो । यसले पनि ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) प्रत्येक वर्ष आयोजना गरिन्छ । यस वर्षको किम्फ कमलपोखरीस्थित कुमारी हलमा सम्पन्न भएको थियो ।