हेटौंडा, २६ मङ्सिर ।
अहिलेका चर्चित कवि विनोद विक्रम हेटौडामा सुनिएका छन् । ‘साहित्य सङ्गम, मकवानपुर’को आयोजनामा उनले यहाँ कविता सुनाएका हुन् ।
उनले प्रकाशित र अप्रकाशित गरी जम्मा १६ वटा कविता सुनाए । १० वटा कविता उनले नै सुुनाए भने बाँकी छ वटा कविता उनीसँगै राजधानीबाट गएका र यहाँका कवि साहित्यकारले सुनाए ।
कार्यक्रममा कवि तथा समीक्षक सङ्गीत स्रोता, निमेष निखिल, भूपिन, समालोचक घनश्याम घिमिरे र साहित्यकार तुलसी थापाले कवि विनोद विक्रमका कवितामाथि आफ्नो भनाइ राखेका थिए ।
पहिलो पल्ट एकल वाचनमा सहभागी कवि विनोद विक्रमले यसरी कविता सुनाउँदा रोचक अनुभूति भएको बताए । उनका कविता सुन्न हेटौंडा लगायत परपरदेखिका कवि र कविताप्रेमीको बाक्लो उपस्थिति रहेको थियो ।