काठमाडौं, २६ मङ्सिर
कवि नवराज पराजुलीलाई ‘साताको साहित्य पुरस्कार’ प्रदान गरिएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा उनलाई यो पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार अष्ट्रेलियामा बसेका युवाहरूद्वारा सञ्चालित साताको साहित्य डटकमले बर्षभरि प्रकाशित कवितामध्येबाट उत्कृष्ट कवितालाई प्रदान गर्छ ।
कार्यक्रममा कवि पराजुलीले पुरस्कृत कविता ‘सगरमाथाको गहिराइ’ लगायत आधा दर्जन कविता सुनाएका थिए ।
पुरस्कार वितरणपछि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे र साहित्यकार मुकुन्द शरण उपाध्यायले उनका कविताको शक्ति र सामथ्र्यबारे आफ्नो भनाइ राखेका थिए ।
पुरस्कारको रकम रू २० हजार रहेको कुरा आयोजक संस्थाका संयोजक निस्प्रभ सजीले जानाकारी दिए ।