नेपाली भाषा साहित्यको विकास र संरक्षणको क्षेत्रमा क्रियाशील साहित्यकार कुमार प्रधानको ७६ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । अर्वुद रोगबाट पीडित डा. प्रधानको हृदयघातबाट राजिव गान्धी अस्पत्तालमा मृत्यु भएको हो । प्रधानले ‘सुनचरी’ दैनिक, ‘हिमालय दर्पण’, ‘मालिङ्गो’ र हाम्रो संसार पत्रिकाको सम्पादन गरेका थिए भने उनका अ हिस्ट्री अफ नेपाली लिट्रेचर, पहिलो प्रहर,द गोर्खा कन्क्वेष्ट, जस्ता पुस्तक प्रकाशित छन् । नेपाली साहित्यकार र पाठकबिचमा राम्रो उपस्थिति बनाउन सफल साहित्यकार प्रधान भानुभक्त पुरस्कार र अगम स्मृति पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।