“बुहारीलाई तपाईहरू के भन्नु हुन्छ ?” “बुहारी, दुलही, दुलही नानी ।” साथीहरूको विभिन्न जवाफ आयो । “त्यही भएर त तपाईहरूको बुहारीलाई हेला गर्नुहुन्छ । हाम्रो जातमा त बुहारीलाई छोरीभन्दा पनि ठुलो मानिन्छ । थाहा छ किन ? हामी बुहारीलाई नानी भन्छौं । नानीको अर्थ थाहा छ तपाईहरूलाई ?” “सानो मान्छे, Read more
जीवनले पचासौँ वसन्तलाई स्पर्श गरिसक्यो । बितेका पचास वर्षका पलहरुलाई कताबाट समेटूँ, कताबाट बिटो कसूँ, आज आफैँ रनभुल्लमा परेको छु । फेरि जताबाट समेल्न खोज्दा पनि समेली नसक्नु गरी फुस्की जान्छन् समयका सूक्ष्म त्यान्द्रात्यान्द्री । एउटा मजबुत किटो कस्न खोज्छु त्यसमा बाँधिन मान्दैन समय । आजसम्मको जिन्दगी असरल्ल छरिएरै Read more
‘श्री जलेश्वरी निम्न माध्यमिक विद्यालय’ नाउ सामान्य हो तर यो नाउँ सुन्दा र कसैले उच्चारण गरिदिदा हार्दिक स्रद्धाले विभोर हुन्छु मानौँ मेरी आमाको नाउँ सुनिरहेको छु । उनी ५० वर्ष बुढी भइछिन् । स्वर्ण जयन्तीको तैयारी भइरहेको खबर जेठा दाजुबाट थाहा पाएँ । मलाई हर्ष र विस्मात दुबै लाग्यो Read more
जंगलको छेउमा हामो मकैवारी थियो । वर्षा याममा तिनै मकै खान वनदेवताले वाँदर पठाइहन्थे। तिनलाई ढयाङ्ग्रो ठटाए लखेटने मेरो ड्युटी थियो । ड्युटी पनि साहै रमाइलो थियो दिन वितेको पत्तो हुदैनथ्यो। साँच्चै रमाइलो हुन्थ्यो वारिपट्टि बारीको छेउमा वसे पारिपट्टि रूख भिरमा दौडिने वाँदररहरूको चर्तिकला हेर्न। कहिलेकाहीँ ती पनि मान्छे Read more
दाइकहाँ नगएको धेरै समय भएको थियो । नबोलाए पनि जानुपर्ने त थियो, तर जाने समय मिलिरहेको थिएन । मुस्किलले उबारेको समयलाई पनि सदुपयोग गर्न सकिरहेको थिइनँ । समय त छुट्याउँथेँ, तर समय न हो मैले छुट्याउँदैमा मेरै लागि पर्खिबस्दैनथ्यो । हेर्दाहेर्दै मेरो समय अर्कैको भैहाल्थ्यो । समय थुपार्न सकिने भैदिए Read more
मेरो साथमा रहेको मोवाइलको घन्टी बजेको रहेछ, गरमागरम साहित्यिक चर्चा भइरहेको हुँदा घन्टी बजेको थाहा नै पाउँदिन । केही बेरपछि बागबजारको रत्नपुस्तक छिर्ने गल्लीमा रहेको खाजा पसलमा जय छाङ्छा आइपुग्छन् । अब बहस अर्कैतिर मोडिन्छ । महिनामा एक पटक भए पनि पदयात्रामा निस्कने कुराको टुङ्गो लाग्छ । पदयात्रामा निस्कनु Read more
दिसम्बरको महिना पुषे जाडोले आफ्नो सामराज्य जमाएको थियो। तीमाथि जैसलमेरको मरूभूमि, मरूभूमिमा जाडो र गरमी दुवै तीव्र पर्दछ । यहाँ पर्ने कठ्याङ्ग्रिने चिसोको अनुमान उतिकै तातो जुलाईलाई सोचेर लगाउन सकिन्छ। बेलुकी पहरको पाँच बजेको थियो। गर्मीको मौसममा पाँच बजेलाई बेलुकी भन्नेलाई दिउसै ट्वाक्क लगाएछ भन्लान् तर अहिलेको कुरा Read more
एक दिन शुभमुहुर्तमा जेठी बुहारीले नम्र स्वरमा भनिन्, “बुबा ! आमाले एक साँझ हजुरहरूलाई खानाको लागि आमन्त्रण गर्ने कुरा गरिबक्स्या छ । फोन गरिस्सिन्छ होला, नाइँ नभनिस्योस् ल ।” छोराहरूको विवाह भएपछि हाम्रो घरमा कहिल्यै प्रवेश नपाएको ‘बक्सियोस्’ शब्दले प्रवेश पाएको छ । जागिरको सिलसिलामा कहिलेकाहीँ प्रयोग गरेको Read more
म अलि सानै हुँदाको कुरा हो । मागी सक्रान्तिको एकाबिहान । ‘पाइयो, पाइयो’ खेल्ने छिचिमिरीहरू आफ्नै घरको आँगनभरि ओइरिए । जीउमा एकबित्ताको चोली र तलतिर दुईबित्ता लामो छिटको गुन्यूले लाज ढाकेका दश वर्ष तलैकी ठिटीहरू । प्रत्येकका काँधबाट कम्मरतिर छड्के लर्किएका पोटिला झोलाहरू थिए । आमाले थालभरि उसिनेका कद्दू, पिरालुका Read more
मध्यान्नको एउटा समय, खैरो रङका प्लास्टिकका झोला किचनको मार्बल काउन्टर टेबलमाथि छन्। धेरै सामानको बीचमा प्लास्टिकको एउटा झोला खोतल्दा कालो रङको कपडा मेरो आँखा अघि पर्छ। त्यो टेबलमा कालो कपडाका नजिक खैरो रङका अरु प्लास्टिकका झोला पनि छन्। जसमा डाइपर, केरा, अंगुर, अनार र स्याउ लयागतका सामान छरपस्ट छन्। ‘यो Read more