छिमेकका धामीहरुले, मलाई मसान बनाए बिना कारण संसारकै, नम्बरी बेइमान बनाए दुईचार जोगीहरुले मलाई नंग्याउँछु भनेछन् हिँजो भेटेरै सोधेँ, खै किन अर्कै बयान बनाए मान्छेहरुले मलाई, बुख्याँच्या बनाएछन् हेर्नुस् मात्र म जान्दछु, क्या बेकामको सामान बनाए जिन्दगी यसरी अड्कियो, अब फर्किन मान्दैन कहिले त रिस उठ्छ, कस्ले यी विमान बनाए Read more
देशमा बाँकी एउटा, वशाह छ व्यक्तिको सम्पत्ति अथाह छ । भन राष्ट्रघातीहरू अहिल्यै तिमीहरूको राष्ट्रियता कहाँ छ ? सुनेर फैसला गर्छन् जनताले मुद्धा हेर्ने अदालतको चाहा छ । आगो झोस्दै हिँड्ने गरौँ साथीहरू अर्मुत बादशाहहरू जहाँ जहाँ छ । (भोजपुर) Read more
बगरको ढुंगाले मात्र बुझ्न सक्छ नदी बहाबको पीडा, त्यसरी मैले बुझ्न सक्छु तिम्रा शब्द र जवाबको पीडा । श्रीमान ! तिमी श्रीमान हौ, अनुमान मात्र गर्न सक्छौ, मैले महिनौ जसो बगाइरहने रक्तस्राबको पीडा । एक समय थियो हाँसो खुशी उमङ्ग सबै सबै थियो, अहिले सबैतिर भोगिरहेछु अभाबै Read more
नेत्रहीन यो सरकार अहँ! देख्दैन सडकको कथा कहिलै रोक्न सक्दैन चक्काजाम टायरको प्रथा। टल्कने जुत्ता देखाउँदै रातो कार्पेटमा सजिन्छन् तर बुझ्दैनन् डोको बोक्ने डोल्पा बासीको व्यथा। बुढेसकालमा मुजा परेका ती अनुहारले भनि रहन्छ भो अब नसोध सपनामा आएर कस्तो छ अवस्था। क ख सिक्ने समयमा हिँड्न Read more
मैले मात्रै एकोहोरो सम्झिए जस्तो लाग्यो तिमीले भने चटक्कै बिर्सिए जस्तो लाग्यो । नमिलेको हामी बीच जात मात्रै त थियो नि समाज् ठूलो ठानी धोका दिए जस्तो लाग्यो । नसोंच्ने म जवर्जस्ती,तिमी पनि खै कस्ती कुसंस्कृतिको भेलमा होमिए जस्तो लाग्यो । न थिए, न त छन्, तिमी बाहेक मेरा प्रेमी Read more
बनेर एक, बन्धु हो ! जुरुक्क उठ्नुपर्दछ समाजको समुन्नती निमित्त जुट्नुपर्दछ सुसभ्यता र शान्तिको प्रवाह ल्याउनाकन समाजका विसंगति विरुद्ध डट्नु पर्दछ छ सार्वभौम देश यो र देशबासी छन् खुला भइ स्वतन्त्र बाँच्ननै स्वदेश पढ्नु पर्दछ उकास्न मानवीयता सुभावना समाजमा रुढी तथा कुसंस्कृति विरुद्ध लड्नु पर्दछ Read more
चाहेर पनि म कसै-कसैको प्यार बन्न सक्दिनँ एक्लो मान्छे नदिको दुई किनार बन्न सक्दिनँ । पानी भने पानी बनुला आगो भने आगो बनुला याद राख्नु भोलि तिम्रा लागि अङार बन्न सक्दिनँ । अन्याय सहन्न अब म बोल्छु मलाई बोल्न देउ म ढुङ्गाझै मौन भै भगवानकै अवतार बन्न सक्दिनँ । मैले Read more
हामीलाई लाग्छ खासमा केछ हाम्रो जिन्दगानीभित्र ? नियालेर हेर्नुपर्छ के बगिरहेको छ आँखाको पानीभित्र ? तिमी यसलाई पानीजस्तै आँशु हो भनेर पार पाउने छैनौ, त्यसको लागि डुब्नु पर्नेछ यो पानी भित्रको कहानी भित्र । सबै देखिरहेको महशुस गरिरहेको मस्तिस्क हो भनिरहँदा, कहिले लाग्छ मनबाहेकको केही छ कि यो नानीभित्र ? Read more
एउटै भुगोलमा विभेद देखाएर यो के गरेको ? कतै अँध्यारो कतै उज्यालो बनाएर यो के गरेको ? यतिखेर बाँच्ने आधार सवथोक वन्द गरेर मात्र, मान्छेको आयु र समय चलाएर यो के गरेको ? बा लाई बाँचुन्जेल लाज ढाक्नै धौ धौ पर्यो चितामाथि मुर्दा शरीर सजाएर यो के गरेको ? रिस Read more
पानी बनि बगीदियौ बादलमै छाडी मलाई आँसुसँगै झरिदियौ गाजलमै छाडी मलाई संगीतको धुन थियौ, मेरो आफ्नै गीत थियौ तालसँगै हराईदियौ, मादलमै छाडी मलाई युगौँयुग्को मायाँ थियो, नमेटिने छायाँ थियो अचानक साथ छोड्यौ, पागलमै छाडी मलाई जीन्दगीको मीठो निद्रा, निदाउनुथ्यो तिमीसँगै स्वप्न झैँ बिलाइदियौ, आँचलमै छाडी मलाई सँगै जिउने सँगै मर्ने, Read more