थाहा छ ढुंगालाई, ढुंगाले पनि फुटाउन सक्छ सम्बन्ध घन जस्तै होस्, कस्ले टुटाउन सक्छ। आँखाभरिको आँसु, मलाई उपहारमा पठाउनु मुहारमा खुशी देख्नेले इज्यत, लुटाउन सक्छ। जसले जीवनमा सम्बन्धको पाठ, धेरै सिकाए ! उसैले फक्रेको प्रेमजोडीलाई, छुट्याउन सक्छ। जीवनको सबैभन्दा ठूलो उपहार, साथी सम्झे ! शत्रुले विश्वास गर्दैन, साथीलाई कुटाउन सक्छ। Read more
गोडि हिँडे त्यैपनि माया बसेछ मोडि हिँडे त्यैपनि माया बसेछ । एकछिन थाकेर बसेको सिँयाल छोडि हिँडे त्यैपनि माया बसेछ । प्रेमिल जोडी भइ छाता भिजेर ओडि हिँडे त्यैपनि माया बसेछ । गाउँ सहरमा बटुलेको मिठास तोडि हिँडे त्यैपनि माया बसेछ । छैन जरूरत अब सामान भनेर फोडि हिँडे त्यैपनि Read more
घरमा तिनलाई हेला भए बेग्लै हो बीच बाटोमै अबेला भए बेग्लै हो । घर नपुगी बास बस्दैनन् त्यसरी फेरि पनि झमेला भए बेग्लै हो । उदासिन छ दुनियाँ रमझमदेखि, रंगी बिरंगी मेला भए बेग्लै हो । सक्दैनन् सुनिरहन गुरुको प्रवचन असल जिज्ञासु चेला भए बेग्लै हो । परिश्रमी हो कि Read more
जित्ने प्रयास गर्दा गर्दै हार्छ जिन्दगीले थाहा छैन कति पटक मार्छ जिन्दगीले । खुसी हुने बाहानामा भौतारिदै छ मन हेरौँ अझै कति आँशु झार्छ जिन्दगीले । सफलताका लागि पाइला चाल्दै गर्दा झन झनै दुख पीरमा पार्छ जिन्दगीले । ए समय चोट पनि कति दिन्छस अझै दुखलाई सुखमा कहिले सार्छ जिन्दगीले Read more
हुक्के, ढोके, हजुरेको अडान कहाँ हुन्छ मागी गुजारा गर्नेको सान कहाँ हुन्छ ! देश अनि जनताको आउनै पर्छ तस्वीर सकी नसकी गाएर राष्ट्र गान कहाँ हुन्छ ! सबै कुरा ठीकठाक छ भनी हिँडे पनि भुइँमा गुड्ने मेसिनको उडान कहाँ हुन्छ ! अरुलाई ङ्याक्ने अनि कुल्चन खोज्नेलाई सधैँभरि फूल मालाले सम्मान Read more
स्वार्थको झण्डा उचाले गाला चड्काउनु बेइमानीको दियो बाले गाला चड्काउनु । तिम्रै हुन्छु सधैं भन्ने विश्वास दिलाएर पिरतीको गजुर ढाले गाला चड्काउनु । यश कमाउने अनगिन्ती बाटा छोडेर सम्पति मै हत्ते हाले गाला चड्काउनु । धन दौलतको सडकमा हिँड्न पाउँदैमा इज्जतको दौरा फुकाले गाला चड्काउनु । Read more
गजल – मिना पौडेल
आफ्नै मनलाई सम्झाई बुझाई परदेशिएको हो घरको अवस्था कै कारण दाइ परदेशिएको हो। खरको छानो टाल्दा टाल्दै टाल्ने ठाउँ हराएपछि टिनको छानो छाउने कसम खाइ परदेशिएको हो। आफन्तहरू भएर पनि आफ्नोपन नपाएपछि आफ्ना धेरै इच्छाहरू मनमै दबाइ परदेशिएको हो। रमाउने समयमा पनि कमाउनु परेपछि नै दाइले पढ्न छाडेर जिम्मेवारी समाइ Read more
यो समाजमा निश्चित हुन्छ, को कहाँ जान्छ। जुत्ता बाहिर हुन्छ, भित्र खुट्टा जान्छ।। यो कस्तो हो विचित्र ? म सक्दिँन बुझ्नैँ ! जिउँदो पैरमा हुन्छ, मूर्दा काँधमा जान्छ।। कस्तो भो आफ्नै घर खै ? कस्ता भए आफ्ना ! घरमा मुग्रो पर्दा घरकै रमिता जान्छ।। म उस्तै हुँ कि,कि हो मैले Read more
ती गल्ती तिम्रै थिए र पनि माफी चाहेँ मैले तिम्रै जीवन अनवरत दामी चाहेँ मैले। जीवनको भरोसा नै छैन डर मान्यौ सधैं अन्तिम सम्म सहभागिता आटी चाहेँ मैले। अगेनाको डिलमा बसेर फुक्यौं सँगै आगो एकता त्यै सासको भरोसा मानी चाहेँ मैले। सक्दिन साथ दिन भनेर हरेश नखानू आफ्ना भएका रहरहरु त्यागी चाहेँ मैले। पीडा छ वर पिपलको मुना ओइलाउँदा उर्वर बनाउँन तिमी नै साथी चाहेँ मैले। (ललितपुर हाल अमेरिका) Read more
तिम्ले मैले मानेजस्तो हैन रैछ राजधानी ! टाढाबाट जानेजस्तो हैन रैछ राजधानी ! हेर्दा कति उज्यालो छ ऐनाजस्तै बाटाहरू ! उज्यालोले तानेजस्तो हैन रैछ राजधानी ! भोकै मान्छे मर्दा पनि हेर्दो रैछ टुलुटुलु ! बाँडिचुडी खानेजस्तो हैन रैछ राजधानी ! स्वर्गकै बासिन्दा हुन्छुजस्तो लाग्थ्यो हाय हाय ! कल्पनामा छानेजस्तो हैन Read more