सुनिताले घरमै मसाल जुलुल निकाली, आन्दोलन गरी र प्रकाशलाई झुक्न बाध्य पारी । तैपनि प्रकाश गलेन । “हाकिमकी श्रीमतीले लगाइन् भन्दैमा तिमीले पनि त्यस्तै हार लगाउँछु भन्न मिल्छ ? त्यत्रो लाख रुपियाँ कहाँबाट जुटाउनु मैले ?” प्रकाशले सम्झाउन खोज्यो । “जीवनमा मैले अरु के मागेकी छु र ?जावो एउटा Read more
‘यातायात कार्यालयका २५ जना बिचौलिया पक्राउपछि जेल चलान ।’ धेरै विक्ने भनेर स्वघोसित समाचारपत्रले कल्याणकारी बिज्ञापनको गुन तिर्दै मन्त्रीको घनघोर तारिफसहित लामै बिश्लेषणात्मक समाचार लेख्यो। ‘मातपोत कार्यालयका १५० जना बिचौलिया पक्राउ र मुद्दा दायर ।’ चर्चित टेलिभिजन च्यानलले आफ्ना मालिकलाई निशुल्क-सेयर मिलाइदिएको मन्त्रीको गुन संझेर देवत्वकरण गर्दै बिशेष कार्यक्रम बनाएर Read more
अजय कार्कीले जम्मा सत्र हजार एकसय तिस रुपैयाँ तलब बुझेको थियो । उसले तलब बापत बुझेकोे नगद हातमा लियो र कम्पनीको भुक्तानी रजिष्टरमा सही गरिदियो । अलिक परतिरको एउटा कुर्सीमा बसी ऊ एक एक गर्दै नोटहरु गन्न थाल्यो, एक दुई तीन….. सत्र हजार अनि सयको एउटा हरियो नोट र Read more
विहान भएको थियो । मनप्रसाद सधँै जस्तो बाहिर बेतको कुर्सीमा बसेर पत्रिका पढ्दै थिए । बिहान पाँच बजे नै उठेर नित्यकर्म सकी हल्का कसरत गर्थे उनी । त्यसपछि घामको कलिलो तातो लिँदै पत्रिका पढ्ने उनको आदत नै थियो । कलिलो घामबाट भिटामिन डि प्राप्त हुन्छ । पहिले पहिले त Read more
करिब तीन दशक अनवरत रूपमा शिक्षण पेसामा संलग्न शम्भु सर लामो समयदेखि आफू कार्यरत विद्यालयको प्रधानाध्यापक र सो क्षेत्रका गाउँलेका नजरमा आदरणीय तथा उदाहरणीय थिए। हरेक साँझ मदिरापान नगरी नहुने भएकाले लोकल रक्सी जर्किनमा ल्याएर घरमै राखेर साँझ परेपछि खाएर निदाउने उनको बानीले उनलाई विगत डेढ दशकदेखि पछ्याइरहेको थियो। शम्भु Read more
पैसा, बैंस र शक्तिको गलत उपभोगले आधुनिक मानव सभ्यता विकृत बन्दै छ। पुराना दर्शन र वाद मक्किदै छन्। यिनले अब संसारको भार थेग्न सक्दैनन्। जात र धर्मको झुल्स्याउने आगो भित्रभित्रै दनदनी बल्न छोडेको छैन।एउटा बेग्लै विश्वदर्शनको सुत्रपात गर्नुपर्यो। एकजना प्रख्यात दार्शनिक गम्भीर चिन्तन गर्नथाले। अर्कोतिर विनाशकारी तेस्रो विश्वयुद्ध हुने Read more
उनी आछामे हजुर्बा । नाम त रणबहादुर पुलामी हो । जीवनका उर्वर समय उनले सपरिवार भारतको आसाममा बिताएको हुनाले अहिले उनी ‘आछामे’ भएका छन् । आछामे कान्छो हुँदै आछामे हजुर्बा भएका छन् । उनलाई जे साइनोले बोलाए पनि आछामे जोडिन्छ, जोडिन्छ । उनकी बुढी सावित्रालाई पनि हरेक साइनाले आछामे जोडेकै Read more
सकुन्तलाको बिहे गरेको चार, पाँच वर्ष भएको थियो । उनका हालसम्म सन्तान भएका थिएनन् । दुई वर्षसम्म त कसैले खासै चासो दिएनन् । तेस्रो वर्ष नबित्तै– “लाला, बाला खेलाउन दिन्नौ” भन्दै आफन्तले सोधिरहन्थे । Read more
चुनाव मुखैमा थियो लालपुरमा। लोकतन्त्रलाई नै द्रौपदी जस्तै चीरहरण गर्दैछन् लालपुरमा भन्ने खवर देवलोकमा पनि पुग्यो। देवलोकले बुद्धलाई लालपुरका ती दु: शासन जस्ता लठैतहरुलाई दण्डित गर्ने जिम्मा सुम्पे। बुद्धलाई ती लोकतन्त्रको नाम जपेर नथाक्ने पशुहरुलाई दण्डित कसरी गर्ने भन्ने समस्या भयो, किनकि बुद्द हिंसा गर्दैनथे। थुनछेक गर्नु, कुटपिट गर्नु Read more
“नमस्कार ।” परिचारिका बोलिन् । “न… ।” मेरो वाक्य फुटेन । अक्मकिएँ म । अकल्पित व्यक्तिको त्यो उपस्थिति, त्यो सत्कार । आश्चर्यचकित भावमा अनायासै टोलाएँ म, बोलुँ कि नबोलुँको दोसाँधमा । सपना या विपना, छुट्याउनै नसक्ने आवस्थामाभैmँ ठिङ्ग उभिरहेँ । र, उनको वदनमा एकोहोरो आँखा गाडिरहें, सम्भवतः यसै भएको Read more