बिहानैदेखि आकास धमिलो छ । वाथको एउटा रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिँदोले मुर्झाइरहेको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । र, फेरि क्षणभरमै थामिन्छ आकास । जेलका पर्खालहरुले मात्र होइन, बादल र Read more
‘‘सरको फोन नम्बर पाऊँ न !’’ ‘‘किन चाहियो फोन नम्बर ? अफिसको काम अफिसमा…?’’ उसले ङिच्च दाँत देखायो । मेरो स्पष्ट र झर्किएको जबाफले पनि ऊ रिसाएन । फेरि बोल्यो— ‘‘सरले हाम्रो लागि यत्रो काम गर्नुहुन्छ, हामीले पनि त सरका लागि केही गर्नुप¥यो नि…!’’ मलाई घुमायो । म आपूmलाई सदा Read more