जाडोको याम शुरु हुनै लागेको थियो । अचानक एकदिन खलङ्गा बजारमा नयाँनौला युवाहरूको चहलपहल देखियो । सीतापुलमा पनि मान्छेको भीड देखियो । सदरमुकाम आएको व्याँस गाउँपालिकाको भुमिसिँह धामीले पनि तिनलाई देख्यो । ‘को हुनन् यिनीहरू ?’ सोधखोज ग¥यो । जोशिला.युवाहरू लिपुलेक जानलागेका रहेछन् आफ्नो हकदावी जनाउन, रातो भुईँमा सेता चहकिला Read more
राजनीतिक कोपभाजनको सिकार भएर म यस्तो दुर्गम ठाउँमा सरुवा भएँ कि के भनूँ ! त्यहाँको हावापानी र परिश्रमी मान्छेबाहेक सबथोक मन नपर्ने । बाह्र महिना हात पाखुरा चलाउँदासमेत छ महिना खान धौधौ पर्ने भिरालो र ढुङ्गेनी पङ्खर बारी । सिँचाइको अभावमा लगाइएका बालीनाली सुकेनास लागेको शिशुजस्ता देखिन्थे । जिन्दगी Read more
“अंकल तपाईंको सम्पर्क नम्बर दिनुहोस् न ।” “९८०४…………….” जुन दिन निकेश र अर्चनाको प्रथम भेट भएको थियो अर्चनाको वाकवोली निस्केर पहिलो वाक्य नै सम्पर्क नम्वर मागेको र निकेशले आफ्नो नम्बर दिएको कुरा वाहेक उनीहरूबिच अरू कुनै कुरा हुन पाएन । उनीहरूको भेट त्यस्तो समयमा भएको थियो जहाँ भीडमात्र थियो Read more
निर्वाचनको समय नजिकै आइसक्दा समेत आफूले उम्मेदबारी पाउने नपाउने भन्ने कुराको निक्र्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो । आफूले टिकट पाए पार्टीभित्रका युवापुस्ताको सम्मान हुने, पार्टी अझै सुदृढ र लोकप्रिय हुनेजस्ता तर्कहरू अघि सारेर आफूलाई उम्मेदवार बनाउन नेतृत्वसमक्ष दवाव दिइरहेको थियो । उसको अनुरोधजन्य दवावले पटक्कै काम Read more
गाउँमा रित्ताघरको संख्या बढ्न लाग्यो । गृहत्यागको साइत जुराएर पण्डितले निकै कमाए । बसाईं जानेको लर्कोले बाटाघाटो भरियो । बाटोको चिया खाजा पसल केही समय चम्किए । सबैको मुखमुखबाट निस्कियो, “जान्नेले बेलैमा गाउँ छोड्नु नै राम्रो । उता गए छोराछोरी पढ्छन् । गरिखान पाइन्छ । पैसा कमिन्छ । यहाँ के Read more
फणिन्द्रले राजधानीमा घर किनेको बर्ष दिन भएको थियो । केही कोठा भाडा लगाएको थियो । बाँकी कोठामा उनीहरू बस्थे । दुईटी छोरी र तिनीहरू दुई दम्पती थिए । झण्डै पन्द्र हजार रुपैया भाडा उठ्थ्यो । फणिन्द्र मान्छे बेच्ने काम गर्दथ्यो । मौका पर्दा एक महिनामा निकै मान्छे बिक्रीमा चढ्थे । Read more
छोरी दुछुम्म माइती घरमा आएको देखेर आमा दङ्ग परिन् । माइतबाट घर गर्न गएकी छोरी, एक हप्ता नबित्दै कुनै मेलो मेसो, आजा–पूजा वा दुःख बिरामी केही नभइकन र कुनै खबरै नगरिकन एकाएक आउँदा अचम्म लाग्ने नै भयो । “एक्लै आयौ छोरी ?” आमाले सोधिन् । आमाको जवाफ नदिइकन छोरीले Read more