मान्छेहरूको भिडमा लडिरहेछ ऊ। यस्तो लाग्छ ऊ मस्त निन्द्र निदाइरहेछ । कति शान्ति छ, कति मौन छ । सन्नटा छाएको छ । सबैको मन मस्तिस्कमा एउटा कौतुहलता, एउटा जिज्ञासाले पडाह बनाएको छ । मानौँ, उसले यतिखेरा बुद्धता प्राप्त गरेको छ । यो अलौकिक संसारबाट भौतिक देह समर्पण गरेको छ Read more
बाटोतर्फ नजर लगाउँदै छोरीले भनिन्, “यो मानिस हाम्रै घर ताकेर आइरहेको छ । नयाँ पाहुना होला ।” मानिस नजिक नजिक आएपछि पुनः भनिन्, “कस्तो चोरजस्तो अनुहार भएको ?” घरतर्फ आउँदै गरेको उक्त मानिसले उभिएर सोध्यो, “दाइ ! धर्मराजको घर कुन हो ?” मैले पछाडि फर्किएर हेर्न भनेँ । Read more
खाँदबारी कारागार बन्दीहरूले खचाखच छ । पुरुष बन्दी एकापट्टि छन् । महिला चाहिँ अर्कापट्टि । वरिपरि ठूलो पर्खाल छ, बीचमा उनीहरू । लाग्छ यो एउटा गहिरो इनार हो जहाँ केवल डुब्ने र तैरने क्रममा भ्यागुताहरू प्रयत्नरत छन् । भित्रको वातावरण ज्यादै फोहोरी र दुर्गन्धित छ । प्राय मानिसहरू धुस्रे Read more
‘पहिला आमा छोराछोरीले खाएनन् भनेर रुन्थिन्, अहिले आमा छोराछोरीले खान दिएनन् भनेर रुन्छिन् ।’ सहरको कुनै पुस्तक पसलमा मैले यी हरफहरू पढेँ । यो कसको भनाइ हो मलाई थाहा भएन । तर यो महान् भनाइ पढेपछि मलाई अचानक मेरी आमाको याद आयो । मेरी आमा अर्थात् मेरी मदरटेरेसा । झण्डैझण्डै Read more
एक दिन बिहानै माहिली बज्यै नाम्लो डोरी र कचिया बोकेर घास काट्न बनतिर लागिन् । जङ्गलमा झारपात सुकेर केही थिएन । बज्यैका आखा चारैतिर घुमे तर निशाना लगाउने ठाउ कतै देखिनन् । बज्यैको मन खिन्न देखिन्थ्यो । मनमनै बोलिन्, “घाम पनि जेठ लागिकन त सात वटा लागेजस्तै छ । गाईबाख्रा Read more
अविवाहिता फुच्ची दुनियाँकी दिवाना बनेकी हुँदी हो त अनौठो कुरा थिएन । तर घरगृहस्थीमा चार सन्तानकी आमा कसरी मानिसहरूको पछि मोहनी लागेझैँ लाग्ने रहर नघटेको । केटीभन्दा केटासाथी कति हुन्, गनेर साध्य थिएन । बनावटीलाई दुरुस्त देखाउन खप्पिस उसका हरेक क्रियाकलाप त्यतिकै बिषालु लाग्थे । घरपरिवारमा बालबच्चादेखि आमै सबै Read more
बिक्रम सम्वतको तालिकाअनुसार नयाँबर्ष प्रारम्भ हुने दिन, बैशाख १ गते एक दिनमात्र लाग्ने तराईको फूलबारी धाम, परापूर्व कालदेखि लाग्दै आएको एक ऐतिहासिक मेला हो, मिथिला धाम भन्दा हुने । घरमा बित्दो केही काम थिएन । आफ्ना भान्जाको यातायातको साधन थियो । मोटर साइकल । गाउँका केही साथी पनि फूलवारी Read more
करिब एक महिना हुन थालिसक्यो अनुसाको सपरिवार मुसिकोट बजारमा देखिन छाडेको । उनीहरू कहाँ छन ? के गरिरहेका छन् ? कसैलाई केही पत्तो छैन । उनिहरू मुसिकोट बजारबाट यसरी हराएको दिनदेखि सबैभन्दा बढी चिन्ताले मनमायालाई सताइरहेको छ । यही चिन्ताको कारण हिजोआज मनमायालाई रातमा निद्रा र दिनमा भोक लाग्नसमेत Read more
हिजो थबाङबाट जलजला पहाड काटेर आएका थिए उनीहरू । जे गरे पनि सम्पर्कमा पुग्न सकेनन् । थकाइले लखतरान थिए, जेठमासको घामको मकै बिरुवाझैँ । राती सेतो कुकुर सम्पर्कमा पुग्न अझै पाँच घण्टा बढी हिँड्नु पथ्र्यो । आज भीरखोलाको गाउँमा बास बस्नु प¥यो । बिहानै तल गाउँतिर स्थिति केही शंकास्पद Read more
गीत सुन्दै खाटमा पल्टिरहेको थिएँ । एक्कासी गीत रोकियो र फोनको घन्टी बज्यो । हेरेँ, पासारहेछ । उठाएँ । ‘हेलो गुरु ! के गर्दै हो ? यता आउनु नि !’ ‘ओके, म आधा घन्टामा आउँछु, अनि जाम्ला हैत !’ ‘ढिला नगर्नुहोला है, आजकल छिट्टै रात पर्छ फेरि !’ ‘हुन्छ ।’ Read more