असी किलोको भारी ज्यान लिएर वीस वर्षपछि म त्यही उकालो चढिरहेको थिएँ जहाँ म दशदेखि पन्ध्र वर्षको उमेरमा खरायोझैँ खुर्र दौडेर उकाली ओराली गर्थेँ । मेरो प्रोजेक्टको साथी नयाँ थियो । उसको मोटो शरीरलाई पनि उकालो चढाउनलाई हम्मेहम्मे परिरहेको थियो। हाम्रो श्वाश वढेर निमोनिया भएको वच्चाझैँ स्याँस्याँ भइरहेको थियो। म Read more
कालोपत्रे गरेको मुख्य सडकबाट हाँगो फाटेर दायाँबाट अगाडि तर्फ गएको सडकलाई मान्छेहरूले असारे सडक भन्ने गर्दछन् । वास्तवमा असारे सडक माया गाउँ छाया भञ्ज्याङ नाम भएको सडक खण्डको उपनाम थियो । माया गाउँ छाया भञ्ज्याङ सडक जिल्लाकै सबै भन्दा पुरानो र जेठो सडक थियो । सुरुमा मान्छेहरूले हिँड्डाहिँड्दै गोरेटो Read more
हरेक बिहान पुजाको घण्टीसँगै मेरो निद्रा खुल्ने गर्दथ्यो । म हाई गर्दै झ्यालमा पुग्थेँ र जीउ तन्काउँथे । पल्लो घरका हजुरबा हजुर आमा आँगनमा सारेको तुलसीको मठमा पूजा गर्दै हुन्थे । लाग्थ्यो– यो उमेरमा पनि कति प्रगाढ प्रेम कति गाढा माया । पुजा सकेर दुबै भित्र कोठामा पस्थे । Read more
सधैँको जस्तै बेलुकाको खाना खाएपछि फेसबुक खोलेर हेर्दै थिएँ, वडा कार्यालयले पैँसट्ठीदेखि सत्तरी वर्षसम्मको उमेर समूहलाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप लगाउने सूचना राखेको रहेछ । मेरो वडाका वडाध्यक्ष मसँग फेसबुकमा साथी थिए । सूचना तिनै वडाध्यक्ष्यमार्फत प्रवाहित थियो । राज्यले यसभन्दा पहिल्यै स्वास्थ्यकर्मी, कर्मचारी र सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई Read more
पहिलोचोटि उनको घरमा जाँदा माइकलेले मलाई भित्तामा टाँगिएको उनको आफ्नै फोटो देखाएका थिए । उक्त फोटोमा उनले स्टिमर चलाइरहेको दृश्य थियो । त्यो बेला उनले भनेका थिए, “मिस्टर ह्यारी, यो मलाई असाध्यै मन पर्ने फोटो हो किनकि मैले जीवनमा धेरै वर्ष स्टिमर चलाएँ । त्यो पेशा सम्झिँदा अहिले पनि Read more
सुमन घर फर्कियो । अमेरिकामा मास्टर्सको पढाइ सकाएर आफ्नो बिहेकै लागि भनी ऊ घर फर्किएको थियो । अझ स्पष्ट भन्नुपर्दा बिहे गर्नकै लागि भनी उसलाई केही समयका लागी घर बोलाइएको थियो । यद्यपि घर नफर्कुन्जेलसम्म उसलाई आफ्नो हुनेवाली श्रीमतीको बारे केही थाहा थिएन । होस् पनि कसरी, उसले Read more
म त्यो बाटो नहिँडेको वर्षौं भएको थियो । जीप चल्ने सम्भावना कम रहेको अनुमान गरेर नै मैले बिहान उज्यालो नखस्दै घर छोडेको थिएँ । हिउँदमा जीपहरू राम्रैसँग चल्न थालेका थिए । यद्यपि अहिले बर्खाको समय, केही दिन पहिलेको झरीका कारण ठाउँठाउँमा पहिरो गएकाले जीप चलेका थिएनन् र पैदल हिँड्न बाध्य Read more
ऊ काठमाडौं विमानस्थलमा ओर्लँदा दिउँसोको चार बज्नै लागेको थियो । लामो समयपछि आफ्नो मातृभूमिमा टेक्न पाउँदा पनि उसमा कुनै खुसी र उत्साह थिएन बरु एक खालको अन्यौल र चिन्ता भरिएको थियो । विमानको ढोका खुल्नासाथ यात्रुहरू खुसी र उत्सुकता बोकेर बाहिर निस्कन खोज्दै थिए तर किन–किन ऊ Read more
‘‘ल मुख्यसा’ब, माथि आएर सुब्बासा’बको फाँट सँभाल्नुस् ।” हाकिमले आदेश दिए । मुखियासाहेब अन्कनाए र डटपेनले कान कोट्याउँदै भने, ‘‘सुब्बासाहेब आइसिन्न र ?” ‘‘मालपोत उठाउन सुब्बा साहेबको टोली भजनी गएको छ, खर्सा‘बको टोली हँसुलियामा छ ।” हाकिमले मुखियाको मुखै नहेरिकन जवाफ दिए । संयोग, हाकिम बाहेक त्यस कार्यालयका खरिदारसम्मका सबै Read more
‘उठो रे ठरुवा ! कैसिन् सुटठो बंगुर जैसिन् !’ रेडियोको भन्दा चर्को आवाज सुनियो भिखुरामको कानमा । त्यो आवाज उसकी प्यारी श्रीमती भुतिनीको थियो । ‘आज टे जार लागटा यार !’ आँखा नखोलेरै भिखुरामले मुख खोल्यो । लामो हाई काढ्यो । हात खुट्टा तनक्क तन्कायो । सिरानमा बजिरहेको रेडियो Read more