दाजुभाइले बडो दुःख गरेर घरको जिम्मेवारी संयुक्त रूपमा लिए । पहिलेको मन मुटाव, तेरोमेरो भावना सबै रछ्यानमा पुरेर समृद्घिको छानोले घर सिँगार्ने प्रण गरे । आफ्नो वयोवृद्घ पिताहरूको सद्बुद्घि पलाएको देखेर सन्ततीहरू खुसी भए । सम्वृद्घितिर उनीहरूको पाइला अघि बढ्दै थियो । एकाएक शक्तिदेवीले तिनका हिँडिरहेको पाइलालाई दौडाउने प्रस्ताव पठाइन् । शक्तिदेवीले चाहेमा असम्भब केही […] Read more
‘हाम्लाइ स्वर्गको द्वार खोलिदिने देवता । मेरो छुनुमुनु ।’ आमा भाइलाई खेलाउँदै भन्नुहुन्थ्यो । म बाबाको अनुहार पुलुक्क हेरेर सोध्थेँ, ‘किन बाबा ! हामी छोरीसँग स्वर्गको चाबी नहुने हो र द्वार खोल्नलाई ।’ बाबा केही बोल्नु हुन्थेन । आमालाई र मलाई पालैपालो हेर्नुहुन्थ्यो। हुन पनि पुत्रेष्टी यज्ञ, हरिवंश पुराण लगाएपछि हामी छ बहिनी पछिको भाइ […] Read more
किताबको मात्र गृहकार्य दिँदा कसैले गर्ने, कसैले नगर्ने भएपछि एक दिन पुकार सरले फरक किसिमको गृहकार्य दिने सोँच बनाउनु भयो र भन्नुभयो, “भोलि आउँदा तिमीहरूले जसले जे जे जानेको छ, त्यही कुरा २/२ पेज गृहकार्य लेखेर ल्याउनु ।” “सर गीत लेखे हुन्छ ?” हरिले सोध्यो । “सर फिल्मको नाम हुन्छ ?” मिलनले भन्यो । “हुन्छ, […] Read more
दुई जना असाध्यै मिलनसार साथीहरु थिए अक्रम र विक्रम । विक्रम मेहनती थियो, पढाइमा खुब ध्यान दिएर पढ्थ्यो । कक्षामा उत्कृष्ट थियो तर अक्रम फन्टुस थियो । सानैदेखि फटाहा र छुचो थियो । विद्यालयमा पनि अक्रमलाई कोही मन पराउदैनथे । SLC गरिसकेपछि दुबै साथीहरूको बाटो छुट्टाछुट्टै बन्यो । विक्रमले पढाइ टप गर्दै गयो […] Read more
जाडोको याम शुरु हुनै लागेको थियो । अचानक एकदिन खलङ्गा बजारमा नयाँनौला युवाहरूको चहलपहल देखियो । सीतापुलमा पनि मान्छेको भीड देखियो । सदरमुकाम आएको व्याँस गाउँपालिकाको भुमिसिँह धामीले पनि तिनलाई देख्यो । ‘को हुनन् यिनीहरू ?’ सोधखोज ग¥यो । जोशिला.युवाहरू लिपुलेक जानलागेका रहेछन् आफ्नो हकदावी जनाउन, रातो भुईँमा सेता चहकिला चन्द्र सूर्य अङ्कित तीनकुने झण्डा […] Read more
राजनीतिक कोपभाजनको सिकार भएर म यस्तो दुर्गम ठाउँमा सरुवा भएँ कि के भनूँ ! त्यहाँको हावापानी र परिश्रमी मान्छेबाहेक सबथोक मन नपर्ने । बाह्र महिना हात पाखुरा चलाउँदासमेत छ महिना खान धौधौ पर्ने भिरालो र ढुङ्गेनी पङ्खर बारी । सिँचाइको अभावमा लगाइएका बालीनाली सुकेनास लागेको शिशुजस्ता देखिन्थे । जिन्दगी जिउन सारै कष्टकर र उदास […] Read more
“अंकल तपाईंको सम्पर्क नम्बर दिनुहोस् न ।” “९८०४…………….” जुन दिन निकेश र अर्चनाको प्रथम भेट भएको थियो अर्चनाको वाकवोली निस्केर पहिलो वाक्य नै सम्पर्क नम्वर मागेको र निकेशले आफ्नो नम्बर दिएको कुरा वाहेक उनीहरूबिच अरू कुनै कुरा हुन पाएन । उनीहरूको भेट त्यस्तो समयमा भएको थियो जहाँ भीडमात्र थियो र अन्य कुरा गर्ने समय […] Read more
गाउँघरमा जो कसैलाई गाह्रोसाह्रो परे दुःख अप्ठ्यारो परे सबैले पुकार्ने एउटै नाम हो ‘धनबहादुर मुखिया ।’ हुनत बैंक सहकारीले भन्दा चर्को ब्याज असुलेपनि आफ्नो समस्या खुलाउनसाथ बिना झन्झट रुपैयाँ पैसा दिई नै हाल्थे । आर्थिक कुरामात्र हैन घरमा चुलो नबल्ने भयो भनेपनि घनबहादुर कहाँ गाउलेहरू राशनको जोहो गरिदिनुप¥यो भन्दै पसारो पर्ने गर्दथे । […] Read more
निर्वाचनको समय नजिकै आइसक्दा समेत आफूले उम्मेदबारी पाउने नपाउने भन्ने कुराको निक्र्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो । आफूले टिकट पाए पार्टीभित्रका युवापुस्ताको सम्मान हुने, पार्टी अझै सुदृढ र लोकप्रिय हुनेजस्ता तर्कहरू अघि सारेर आफूलाई उम्मेदवार बनाउन नेतृत्वसमक्ष दवाव दिइरहेको थियो । उसको अनुरोधजन्य दवावले पटक्कै काम नगरेपछि आफ्नो पार्टीबाट निर्वाचन क्षेत्रमा […] Read more