मंसिर ३, काठमाडौं । मधेश प्रदेशमा मनाइने पर्वहरूमध्ये मुख्य पर्व छठ तराई–मधेशका तलाउ र नदी किनारामा जम्मा भएर आज धुमधामसँग मनाइदै छ । तीनदिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिन हो । जुन सबैभन्दा महत्वपूर्ण दिन पनि हो । आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी षष्टी (छठी) मातालाई अर्घ दिइन्छ Read more
भारतको उडिसा नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक “अभिनद्ध” मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था “नाट्य चेतनाले” आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक “अभिनद्ध” तयार पारेको थिए । तनहुँमा रहेर नाट्यकर्म गरिरहेको #गीतल Read more
ईश्वरी भट्ट । अनेसास न्यूह्यामसायरको आयोजनामा संस्थाको दशौँ साधारण सभा तथा ११५ औँ देवकोटा जयन्ती एक समारोह बिच रिभरसाइड रोड हुक्सेटमा भव्य रूपमा मनाइएको छ । अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संपन्न उक्त कार्यक्रमको प्रमुख आतिथी केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, विशिष्ठ अतिथी साहित्यकार महेश पौड्याल रहनु भएको थियो। कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको फोटोमा माल्यार्पण र दुबै देशका Read more
काठमाडौं : वरिष्ट बालसाहित्य सर्जक शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। हर्निया रोगबाट पीडित उनको उपचारका क्रममा मंगलबार बयोधा अस्पतालमा निधन भएको हो । साहित्यकार मानन्धरले बालबालिकाका लागि प्रकाशित भएका २०० भन्दा बढी पुस्तकको सम्पादन गर्नुका साथै बालसाहित्यका ५० भन्दा बढी कृति लेखेका छन् । उनले ‘बालकोसेली’, ‘बालपोष’ र Read more
साहित्यकार नारायण ढकालको नवीन निबन्धसंग्रह ‘अन्तिम पात’ पाठकमाझ आएको छ । यो उनको उन्नाइसौं किताब हो । ‘यात्रा’,‘पठन’ र ‘पूर्वपीठिका’ गरी तीन खण्डमा विभक्त निबन्धसंग्रहमा ढकालका विसं २०५७ देखि २०७९ सालसम्मका निबन्ध समेटिएका छन्। “२२ वर्षभित्र लेखिएका २२ वटै निबन्ध यस संग्रहमा परेका छन्,” साहित्यकार ढकालले भने । पत्रपत्रिकामा पूर्वप्रकाशित र केही नयाँ निबन्ध संगृहीत ‘अन्तिम पात’ले आफ्नो निबन्धलेखनको ‘ट्राजेक्टरी’लाई नक्सांकन गरेको निबन्धकार ... Read more
समाचारदाता अनेसास कविता महोत्सव २०२३ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगिताका लागि प्राप्त ३ सय एक कवितालाई उछिन्दै उनको कविता प्रथम भएको हो । साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ( Read more
भदौ २६, काठमाडौं । साहित्यकार राजेन्द्र पराजुलीको ५९ वर्षको उमेरमा निधन भएको छ। निमोनियाका कारण छातीमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बि एन्ड बि अस्पतालमा भर्ना गरिएका उनको आज मृत्यु भएको हो । सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई मंगलबार बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनी साहित्य बाहेक आर्थिक मामिलासम्बन्धी Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न उनीहरूलाई नगद २ सय पचास डलरसहित सम्मान-पत्रले सम्मानित गर्न लागेको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपानेसंलग्न समितिको हालै बसेको Read more
२०८० भाद्र २०/बागलुङ रण स्मृती पुरस्कार संस्थाको ३१औं बार्षिक उत्सवको अवसरमा साहित्यकार आकाश अधिकारीलाई शक्ति पुरस्कार समर्पण गरीएको छ। बालमन्दिर आधारभूत विद्यालय, बागलुङको सभाहलमा आयोजित एक कार्यक्रमका बिच उक्त पुरस्कार प्रदान गरिएको हो। शक्ति बहादुर खड्काले आफ्नो बुबाको चिर स्मृतीको अवसरमा रण स्मृती पुरस्कार संस्था बि सं २०५० साल देखि Read more
असार ९, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०८० सम्पन्न भयो । उक्त कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि तथा प्रतिष्ठानका प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान Read more