पुस २९, काठमाडौं । नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्रा.डा. भोला थापाद्वारा लिखित ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ अंगेजी पुस्तक बजारमा आएको छ । काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा.डा. थापाले नर्वेली प्राध्यापक डा. इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेको यस पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको प्रारम्भदेखि अहिलेसम्म विकासलाई समेटिएको छ […] Read more
पुस २९, काठमाडौं । प्रगतिवादी धाराका स्थापित कवि मोदनाथ मरहट्टा यसपठक निबन्ध सङ्ग्रह लिएर पाठक सामू उपस्थित भएका छन् । उनको निबन्ध कृति ‘लेख्ने विषयको खोजी’ पुस्तकको आज एक कार्यक्रमका बिच सार्वजनिक भएको हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा उक्त पुस्तक सार्वजनिक तथा परिचर्चा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने […] Read more
पुस १६, काठमाडौं । पूर्वमन्त्री तथा कर्णाली अञ्चलका पहिलो विद्यावारिधि प्राप्त व्यक्ति डा. प्रेमबहादुर शाहीको विकासजन्य इतिहास कृति प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु (२००७ देखि २०७७ सम्म) प्रकाशित भएको छ । विकासजन्य इतिहासका विषयमा लेखिएका दुर्लभ लेखहरु सङ्गृहित यो पुस्तकमा लेखक शाहीले २००७ देखि २०७७ सम्मका आर्थिक विकास र योजनाहरुको तथ्यांकगत रुपमा भएका उपलब्धीहरु, हुनुपर्ने र हुन […] Read more
१४ पौष, काठमाडौं । साहित्यकार सुशिला भुसालको उपन्यास ‘अनुश्री’ बजारमा आएको छ । विभिन्न विधामा कलम चलाइरहेकी सुशीलाको यो पहिलो उपन्यास हो । लेखिकाको अनुसार, “नारीचेतमा लेखिएको यस उपन्यासमा नारी पुरुष बीचको सह–अस्तित्वको मर्म गहन रूपमा समेटिएको छ ।” साथै प्रसिद्ध साहित्यकार भुवनहरि सिग्देलले यस पुस्तकबारे भन्छन्– “असन्तुलनको आवाज, आधा आकाशको दोछायाँ । नारी मर्मको […] Read more
१२ पौष, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘मातृभाषाको रूपरेखा’को पहिलो खण्ड प्रकाशित भएको छ । भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट प्रकाशित पुस्तकको सम्पादन विभागीय प्रमुख प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. कर्णाखर खतिवडाले गर्नुभएको छ । पुस्तकभित्र किराँती–काँेइच (सुनुवार) भाषाको रूपरेखा (लाल–श्याँकारेलु राप्चा), कोयी भाषाको रूपरेखा (तारामणि राई), चाम्लिङ भाषाको रूपरेखा (विष्णुसिं राई), दरै […] Read more
काठमाडौं । शिक्षा क्षेत्रमा आफ्नो पकडबनाएका शिक्षाविद् डा. मनप्रसाद वाग्लेद्वारा लिखित ‘यौन शिक्षा’ नामक खण्डकाव्य सार्वजनिक भएको छ । उक्त खण्डकाव्यको बिमोचन छन्द चौतारी, प्रतिभा निकुन्ज र कोक गोष्ठीको सहकार्यमा सम्पन्न भएको हो । पुस्तकको विमोचन गर्दै आधुनिक आसु कवि रमेश खकुरेलले पुस्तकको महत्व, रचनाकारको परिपक्वता र यौन शिक्षाको बारेमा समाजको आवश्यकता बारेमा प्रकाश पार्नुभएको […] Read more
२० मंसिर, काठमाडौं । तनहुँका साहित्यकार आकाश अधिकारीका एकैसाथ दुई कृति सार्वजनिक भएका छन् । अधिकारीले लेखेको कविता संग्रह ‘आकाश खुल्दैछ’ र ‘बिस्कुन बालुवाको’ नाटकसंग्रह शनिबार दमौलीमा लोकार्पण भएका हुन् । दुवै पुस्तक वरिष्ठ सहित्यकार डिल्लीराम मिश्र श्रमजीवीले लोकार्पण गरेका हुन् । लोकार्पण कार्यक्रम गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजनामा […] Read more
मंसिर १८, काठमाडौं । साहित्यकारद्वय खगेन्द्र संग्रौला र आहुतिका बेग्लाबेग्लै दुई पुस्तक प्रकाशित भएका छन्। संग्रौलाको ‘कोरोना कैरन’ र आहुतिको ‘जात वार्ता’ दुई गैरआख्यान पुस्तकबाट नयाँ प्रकाशन संस्था बेला पब्लिकेसन्सले आफ्नो प्रकाशन यात्रा थालेको छ। कोरोना भाइरसका कारण उत्पन्न महामारी र त्यसले सिर्जना गरेको सामाजिक–आर्थिक संकट एवम् त्यसैका वहानामा राजनीतिमा देखिएको भ्रष्टाचार, विकृति र […] Read more
मंसिर ५, काठमाडौं । रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । ‘देब्रे आँखा’ नामक निबन्धसंग्रहबाट चर्चामा रहेका रेशम विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि सक्रिय छन् । उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन् । रेशम विरही यति ज्याद्रा लेखक हुन्, सत्तरीको भन्ज्याङ छुन लाग्दा पनि […] Read more
कार्तिक २८ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘काव्य विमर्श’ नामक पुस्तक प्रकाशित भएको छ । प्रज्ञा–प्रतिष्ठानले एकल रूपमा र विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सम्पन्न गरेका काव्यगोष्ठीहरूमा प्रस्तुत भएका गोष्ठीपत्रहरूलाई समेटेर ‘काव्य विमर्श’ प्रकाशित गरिएको हो । केही वर्षअगाडिदेखि प्रकाशित हुँदै आएको ‘काव्य विमर्श’को यो चौथो शृङ्खला हो । यस ‘काव्य विमर्श’मा कोरोना […] Read more