सगरमाथा, बुद्ध भन्छौँ, गौरव र शान् हाम्रो इमान्दार मान्छे अब, देख्नै गाह्रो राम्रो।। हाँक्छन् दर्शन् स्वार्थी धेरै, अराजकता देशमा मन्त्रीदेखि बुद्दिजीवी, छ देन सबको यसमा।। समस्याको पोको फोर्न, गर्दैनन् कोही बहस् धनी-मानी बाँचिहाल्छन्, गरीबलाई हो सकस् ।। सक्ने हिँडे अस्ट्रेलिया, यूरोप- अमेरिका अल्झे उतै तक्मा पाए, भुपू नेपालीका।। शान्तिभूमि हाम्रो Read more
मेरो तर्क, वितर्क र विचारहरुले आजकल आफै प्वाँख उमार्दैछन् र त म उज्यालोमा पनि बत्ती बाल्ने गर्दछु । अँध्यारोले मलाई उति खप्पिस पारेको छैन जतिको उज्यालोले पारेको छ । यी प्वाँखे विचारहरु कसरी छोटिएर चाउरिएर माराकमुरुक भएर सानो भएर आफूभित्र उकुसमुकुस हुँदै प्रवेश-द्वार खोज्दैछ यो सानो आकाशभित्र अटाई-नअटाई ? यसैले Read more
मलाई लाग्थ्यो हामी स्वतन्त्र देशका स्वतन्त्र नागरिक हौँ तर हामी त स्वतन्त्र देशको एउटा सानो बन्द कोठाभित्र कैद थिएछौँ पहिलैदेखि झुन्डाएको छ कोठाको दैलोमा हुकुमको ताल्चा र खरिद बिक्रीको नाम दिइएको छ हाम्रो जिन्दगीहरुलाई। ठुले तुम्बा तिमीले त अदुवाको भारी बोकेर बजारमा लगेर बेचिएको निहुँमा नै कति खेर पत्तै नपाई Read more
राजधानीमा छ हाम्रो यौटा घर वस्दथे एक डेरावाल घोषणापत्रमा गरिएको घोषणाजति भाडा तिर्न नसकेपछि डेरावाल भन्थे -तिर्छु रेल ल्याएर -तिर्छु पानि जहाज चलाएर -तिर्छु घरघरमा ग्यासपाइप बिक्ष्याएर । उनले गरेका यी वाचाहरू रहेछन् सवै हावा आखिर उनले नतिरी धरै थिएन घर भाडा । तिर्लानजस्तो नदेखेपछि बुझाइयो अल्टिमेटम तर ती भाडावाल Read more
अचेल पाप कराउँछ अपराध चिच्याउँछ खेतबारीबाट । स्खलित हुनैपर्ने बाध्यता बोक्छन् वीर्यहरू बित्थामा बलात्कारीको मखुण्डो ओढेर खेतबारीमा । अन्नबाली लहलह हुने हरियो खेतबारी रक्ताम्मे हुँदैछ सुन्दर रूप त्यसको बेरूप हुँदैछ । कोहोलो मच्चाउन खोज्दै छन् अकालमा थुनिएका सासहरू खेतबारीमा। चकचके राजनीति उफ्री उफ्री कराउँछ भत्किएका कलिला मांसपेशीहरू निर्दोष साबित हुन Read more
एउटा चुलो, जसले उमेर छँदा समस्याका हरेक काँचा दाउरा हुरूरू जलाई खरानी बनाएका थिए । जति नै परोस् दुःखको साउने झरी वा हिउँदे ठिही हिउँ सरी घरलाई न्यानो राख्न हर सम्भव गरे। जसले कुनै समय, घरको चारै कोठालाई दुई काँधमा बोकेर हिँड्नलाई बल र पसिनाको इन्धनले शरीर हाँकिरहे, हाँकिरहे । Read more
पर्दैन देखाइरहनु कसैलाई माटोप्रतिको माया र श्रद्धा । इतिहासले घोक्रो सुकुन्जेल कराएका नादहरू शब्दहीन भए बहिराको कानमा पसेर माटो मलिलो बनाउने उद्यमी हातहरू हेरिरहे अकासतिर शून्यको पोको लिएर । समयको कुटिल चालमा पिल्सिएको घाउ चिकित्साधीन छ नुन छर्किएर निको पार्नेका हातमा निराशाले खोजिरहेको छ आशाको अलिकति किरण भीडले सुन्न सक्ने Read more
सुस्तरी सुस्तरी जब धरतीमा घामका डोबहरू मेटिदै मेटिदै जान्छन् सागरका छालहरुको आवाज जब बढ्दै बढ्दै जान्छ तब म भित्र अंतर्वेदनाको ठुलो कोलाहल बढ्दै बढ्दै जान्छ । सुनसान रातहरु जब ढल्दै ढल्दै जान्छन् चेहराहरु थकित बनेर जब सुस्ताउन थाल्छन् नीरव रातका हल्लाहरु जब शान्त हुदै जान्छन् अनि म भित्र असान्त मनको Read more
"आऊ छोरी ! तिम्रो बाबा हुँ म" दुई हातका अञ्जुली तेर्साएर बोलाउनुभएथ्यो बाबाले र म अकमक्क परेथेँ देखेर नौलो अनुहार तर पनि कता-कता सुनेथें परिचित आवाज आशङ्कामा पुर्लुक्क हेरेथेँ आमातिर र एकजोर रसिला आँखाले संकेत गरेका थिए जाऊ भनेर अनि काखमा गएर लुरुक्क बसेथेँ मूर्तिजस्तै, सम्झन्छु- बाबाका स्नेही हातको स्पर्श Read more
कुखुरा कराउँदै आमन्त्रित गर्छ सूर्य उदय कार्यभार सम्हाल किसान दाइ, बुज्दै त्यसको मनसाय अघि बढ्छ दिनचर्या नयाँ युद्ध बालीमा पाउनु छ बिजय पसिनाको हत्या र निछावर गर्ने किसान अन्न देव हो महाशय । जमिन एक टुक्रा होस् वा क्षितिज़ छुने प्रान्त किसानको कर्म हो अन्न उब्जाउनु, महान ग्रन्थ लेखिएका सब्द Read more