सानी हुँदा बाबा भन्नुहुन्थ्यो छोरी भएपछि एकदिन माइतघरको सङ्घार नाघेर पराय घर जानुपर्छ। म सम्झन्थेँ- सङ्घार नाघ्नु छोरीको कर्तव्य रहेछ। अब अहिले सासुआमा भन्छिन् आफूखुसी सङ्घार नाघेर हिँडनु हुन्न छोरी मान्छेले। सङ्घार छोरी मान्छेको निम्ति कुन जङ्घार हो तर्नु हुन्छ कि हुन्न ? छोरोको निम्ति यस्ता सङ्घार कति छन् ? Read more
१. मजदुरको कथा यो दृश्य देखेर.. यहाँले भन्नु होला - जाबो ह्वायर हाउजको भुइँ पुछ्ने मान्छे, तर यही भुइँ पुछ्न मैले दुईवटा लिखित परीक्षा र एउटा अन्तरवार्ता पास गर्नु परेको थियो ! २.स्वतन्त्रता अमेरिकनलाई जुलाई फोर्त विशेष दिन होइन रहेछ, ह्वायर हाउजको एउटा नियम ‘माक्स फ्रि’ आएसँगै मजदुरहरु सिट्टी बजाउँदै, हाँस्दै Read more
छोटो एउटा शब्द जसले पनि उच्चारण गर्नसक्ने अति सरल शब्द यो दुई वर्णभित्र लुकेको हुन्छ एउटा अभागी सङ्घर्षमय जीवन दबिएका हुन्छन् प्रतिवादका ज्वाला समाजका बाठाहरूप्रति छुपेको हुन्छ शब्दहीन चीत्कार मनभित्र गाभिएको हुन्छ आक्रोशको ज्वालामुखी लाटी ! ऊसँग बोल्ने शक्ति छैन व्यक्त गर्न सक्दिन ऊ आफ्ना मनका पीडाहरूलाई केही माध्यम नै Read more
कलमले लेख्न छोडेर कागजमा प्रिय कविता मैले लेखेको छु आफ्नै आँखाको लयमा तिम्रा प्रतिबिम्बको असीम गहिराइलाई नजरका निर्दोष दृष्टि रेखाहरुको साङ्गीतिक स्केचमा सजाएर समेटेको छु सम्पूर्णत: तिमीलाई हृदयको रङ्गीन क्यानभासमा गुलाफको किरणजलले छोएर हर पल प्रेमको कोमल बास्नामा सधैं सधैं लुटुपुटिइरहन्छु ! त्यो रहस्यको जीवन्त छटा एउटा आकृति, तर अनन्त Read more
मलाई थाहा छ जिन्दगी सझौता होइन तर यो पनि थाहा छ कि बगेको खोला र बितेको समय फर्किदैन तब त म तयार छु सम्झौता गर्न आफ्नै मनसँग अनि मनभित्र तिमीसँगै खेली रहने पहाड र बादलहरुसँग उकाली र ओरालीहरुसँग देउराली र चौतारीहरुसँग मिरमिरे र गोधुलीहरुसँग जून र ताराहरुसँग फूल र Read more
मेरो मार्ग दर्शनमा हरेक कण कणका गुरु म जन्मिएको धर्ती म लतपतिएको माटो मेरी आमाको काख मेरा बुवाको तातेताते आड मेरी दिदीको ॲगालो मेरा दाजुको स्नेह मेरी बहिनीको आदर निरन्तर यी सवैका सिकाइ पहिलो र अहिलेसम्मका पाठशालाका गुरु मेरो हृदयदेखिको नमन । ओल्लो पल्लो घर तल माथि र परपरका मेरा सबै आफन्त र छिमेकी धुलोमाटो खेल्ने साथीहरु ती कान्ला, ती पाटाहरु ती रुख विरुवा र फलहरु खरिढुंगा, त्यो काठको पाटी लेमस कप्टेरा तिखारेको कलम ॲगार र तेलको कालो मसी पातलो र ... Read more
दियोमा बत्ती फेरि,उसैगरी बाल्नुपर्छ जिन्दगीभर सँगसँगै, पाइला सार्नु पर्छ । किन मान्छौ पीर, घरीघरी मन दुखाएर नदुखाऊ मन, आऊ अब, हामी हाँस्नु पर्छ। मैले भने नि आँशु नझार, पीडाका अब मेरो हात समाऊ, सारा काँडेतार नाँघ्नु पर्छ। हो ढिलो छिटो हुन सक्छ, धैर्यता गर तिमी चोखो मायामा हार हुँदैन, जित Read more
अलि हाँस्दै अलि बस्दै उठेको छ जिन्दगी यहाँ लडखडाउँदै आत्मबलले उभेको छ जीन्दगी यहाँ । रामको युग न हो यो यशु मसिहा युग न हो यो , लड्दै मर्दै जीवनसँग कति बाँचेको छ जीन्दगी यहाँ । हाँस्दै होलान् कोही बाँच्दै होलान् खुशीले कति तर दुई छाक जुटाउन कसरी चलेको छ Read more
एकेक गरी बदलिँदै जान्छन् इन्द्रेनीका सातै रङ्ग म एक एक गर्दै पालैसँग डुब्छु – पौडिन्छु सबै रङ्गमा । घर भित्र- बाहिर इत्रिन्छन् मिठा अनुभूतिहरू उल्लासहरू खेल्छन् आँगनभरि कुण्ठाहरू उड्छन् खुल्ला अकासमा तातो हावा सुस्तरी बहिरहेको उसकै मनजस्तो बगिरहेको थियो खोला तिर्खाइरहेको थियो बगर । तिमी तिम्रा खोल्साहरू सँगालेर गयौ म Read more
लापता छ भविष्य घर लथालिङ्ग तिमी हुन्छौ .. आफ्नै परिवार भित्र, भिन्न म छु यहाँ तिम्रो लागि खिन्न हो … देशै चिन्न राजनीति नजान्ने को हुन्छ कुटनीति भिन्न आधा तँलाई आधा मलाई भागै लगायो देशै लुट्न बाऊ बाजेको धरोट थाम्न सक्तैन अब प्रजातन्त्र किन्न । (म्यानमार) Read more