शत्रुको हातबाट बाँच्नलाई अन्धाधुन्ध फाल तोड़्दै भागिरहेको थकित मृगझैँ जनता सबै यहाँ थकित छन् विवादित छन्। एकनासले लगातार बगिरहेको बर्खा यामको उर्लंदो खहरेले एउटा विशाल पत्थरलाई टुक्रा टुक्रा पारी सा-साना बालुवामा परिणत गरेझैं जनता सबै यहाँ विभाजित छन् जात जातमा झन्डा झन्डामा। वसन्तको आगमनमा नवपालुवाहरूले कोपिलाहरूले हरित मुनाहरूले फक्रिएर सारा Read more
'म' बस्नको निम्ति भित्र पसेको छु 'तिमी' बाहिर निस्कन मभित्र पसेकी छौ त्यसैले 'म' तिमीसँग जस्तै भएपनि छु रहन्छु । 'म' शान्त छु आक्रान्त छु आफ्नै तातोमा भत्भत् पिरोलिन्छु आफ्नै जाडोमा कक्रिएर बस्छु यही भाषाको मकलमा यस्तै यिनै शब्दका झिल्का तापेर बस्छु- छु तिमीभित्रै पसेकी भएपनि मेरो यस्तो शान्त मुद्राले Read more
लैना हुन कि बकेर्ना हुन बाच्छा-पाडा हुन कि बूढ़ाखाडा हुन किर्नाका लागि केही फ़रक पर्दैन आँगमा पर्न पायो भने छालामा टेक्न पायो भने लपक्कै लाएर/ छालाजस्तै भएर टपक्कै टाँसिन्छन् किर्नाहरू मानिलिऊँ कि- बाहिरी अवयव हुँदै होइनन् शरीरकै एक अङ्ग हुन् किर्नाहरू! खान नपाएर टाक्सिएका हुन् कि खाँदाखाँदा उकासिएका हुन् किर्नाको Read more
(१) धनी र अगुवाहरूका निम्ति जाग्छ यो समाज काम न दाम उनिहरूकै पछि लाग्छ यो समाज जब गरीब र कमजोरको न्यायको कुरा आउँछ तब पछि फर्कि किन टाडा़ भाग्छ यो समाज? (२) गरीबहरू कैयौंदिन भोकै बसेका छन धनीहरू भने सधैँ पाँचतारेमा पसेका छन् भ्रष्टाचारीको त खै के कुरा गरौँ हजुर Read more
यादको बगैंचामा बसेर पातहरूको पछि छिपिएर सम्झनाको हिक्का पठायौ कि सम्झनाको जंगार तर्दै गर्दा चिप्लिएर पो समझी पठायौ कि भुलभुलैयाको सिँडिमा ओर्लदै जाँदा ठेस लागेर लड्दा लड्दै अन्जानैमा कतै समझी पठायौ की किन चलिरहेछ मुटुमा हिक हिकी..? यता-उता कतै कौवा चरी उडिरहेको देख्यौ भने तिमीलाई सन्चो बिसन्चो कस्तो छ Read more
(१) निस्तेज हुने छैनन् रवि ~ घाम उस्तै हुनेछ रोकिने छैन समय ~ हरेक काम उस्तै हुनेछ यो छोटो जीवनकालमा छरौँ सत्कर्मको बीज घुँडा धसेनी आखिरमा~अञ्जाम उस्तै हुनेछ। (२) मन्दिरका देउतासँग उनीहरूको खै के नातो थियो मैले पस्नै नहुने ~ ठुला-बडाको चाहिँ ताँतो थियो कसरी अलग भएँ म आखिर हाड-मासुकै Read more
(१) जीवनलाई जुवाको दाउ नबनाऊ है साथी जानीजानी मुटुमा घाउ नबनाऊ है साथी नशा चड़्छ बानी पर्छ छुट्टाउन गाह्रो हुन्छ तिम्रो देह यमराजको नाउ नबनाऊ है साथी। (२) बोकेर सपनाको भारी गल्ती गर्यौं परदेशी गएर सात समुद्र पारि गल्ती गर्यौं परदेशी गाउँमा खेत जोत्थ्यौ आज आफै जोतिएका छौं राखेर बाँझै Read more
त्यसपछि देखिन्छ अखबारको एउटा कुनामा रंगीन अन्डरवयरको विज्ञापन अर्कापट्टी छ, लगौंटीमा साधुको तस्वीर अकस्मात कविको मानस पटलमा केही झिल्को पस्छ ‘इन्द्रीय, लगौंटी र ब्रह्मचारी’ सम्भवत यस्तै शब्दहरुले फन्को मार्छन् अनि लेख्छन् कविता ‘ब्रह्मचारीले सात वर्षीया बालिकामाथि उत्तेजनाले उचाले लगौंटी’ तर म बुझ्दिन ब्रह्मचारी या बलात्कारी ? किरिङ मिरिङ हुन्छ मष्तिस्क Read more
(१) गोर्खालीले अरूलाई रुवाएर हाँस्न जान्दैन अर्कालाई दबाएर आफूलाई उकास्न जान्दैन देशको लागि लड्न र मर्न तयार रहन्छ सधैँ स्वार्थको लागि मात्रै साइनो गाँस्न जान्दैन । (२) सहज - सरल, असल, सुशील बानी हुनुपर्छ सानो खुसीमा रमाउने जिन्दगानी हुनुपर्छ घमण्ड र अहङ्कार केका लागि ए प्राणीजति मै हुँ भने Read more