युद्ध मैदानमा ढलेका शरीरसँगै रगतभित्र जलिरहेका सपनाका थोपाहरू धुवाँमा उडेर गए…. अझै पर्खिरहेछन् बन्दुकबाट फूल फुल्ने दिन (म्यान्मार) Read more
छिमेकका धामीहरुले, मलाई मसान बनाए बिना कारण संसारकै, नम्बरी बेइमान बनाए दुईचार जोगीहरुले मलाई नंग्याउँछु भनेछन् हिँजो भेटेरै सोधेँ, खै किन अर्कै बयान बनाए मान्छेहरुले मलाई, बुख्याँच्या बनाएछन् हेर्नुस् मात्र म जान्दछु, क्या बेकामको सामान बनाए जिन्दगी यसरी अड्कियो, अब फर्किन मान्दैन कहिले त रिस उठ्छ, कस्ले यी विमान बनाए Read more
नेत्रहीन यो सरकार अहँ! देख्दैन सडकको कथा कहिलै रोक्न सक्दैन चक्काजाम टायरको प्रथा। टल्कने जुत्ता देखाउँदै रातो कार्पेटमा सजिन्छन् तर बुझ्दैनन् डोको बोक्ने डोल्पा बासीको व्यथा। बुढेसकालमा मुजा परेका ती अनुहारले भनि रहन्छ भो अब नसोध सपनामा आएर कस्तो छ अवस्था। क ख सिक्ने समयमा हिँड्न Read more
भन्ठानेँ देश भन्नु मेरै बस्ती मास्तिर शिर ठाडो गरेर अबिछिन्न उभिएको त्यो सेतो हिमाल हो छातीभरि त्यहि हिमाल बोकेर स्वाभिमानको गहिरो स्वास फेरि बसेँ भन्ठानेँ देश भन्नु त्यहि हिमाल हुँदै कलकल बग्ने यो कन्चन नदी हो अन्जुलीभरि त्यहि नदीको पानी उठाएर ठाडो शिरमा सिञ्चिएपछि पवित्रताको स्वर्णिम अनुभूति गरिरहेँ फेरी Read more
यो आँखा पनि अजीव छ यार ! कहिले पक्ष बन्छ र हेर्छ कहिले विपक्ष बन्छ र हेर्छ निस्पक्ष भएर हेर्न नजान्ने यो आँखा पनि अजिव छ यार ! एउटै घटना पात्र अनुसार भिन्न मत भिन्न बुझाइमा मतमतान्तर गर्दै बाद प्रतिवाद उत्रिन्छ यो आँखा पनि अजीव छ यार ! असन्तुलित भूमिका Read more
तिखो ढुङगाको ठुँगाइलाई चित्त बुझ्दो उत्तर भल्भल्ती बगेर रगतले दिन्छ नपुगे, आँखा थोरै बर्सिदिन्छ ढुङ्गो सन्तुस्टिमा चुप चाप हुन्छ म मौन बसिदिन मिल्छ। यो धेरै सजिलो छ । तिम्रो निमेष भरको साथसँग जोडिएका अगणित प्रश्नका अविरल छालहरुलाई सम्बोधन गर्ने मसँग न समय छ न यसले कुनै अर्थ राख्छ विद्वानहरुको भीडमा Read more
कति मानिसहरु खाली अनुहार लिएर हिँडिरहे कहीँ सुनसानमा कोही कतै कतै एक्लै एक्लै हिँडिरहे कहीँ थुप्रै थुप्रै मानिसहरुको जमात अनि त्यही भिडमा कोही ठूला मान्छेहरु हिँडीरहे कोही साना मान्छेहरु हिँडिरहे तर सबै खाली अनुहार लिएर । आखिर जिन्दगी हो भविष्यको अत्तोपत्तो नभएको त्यही पनि मानिस धेरै धेरै आशा बोकेर सोचेर Read more
देशको माटोमा वर्षमा एकचोटि पाइला टेके पनि पहिलोचोटि नेपाल फर्किंदा रिङ्गरोडलाई कुनै गल्लिजस्तो देखेपनि संसारको सबैभन्दा फराकिलो हाइवेमा सरर गाडी गुडाइरहँदा आफ्नो देशका हरेक सडक र गल्लीहरु पिच् भएको सपना देख्ने हो म जस्तो देशभक्त कोही छैन । करले होइन रहरले पनि होइन सबै साथीहरु विदेश गएके देख्दा केही सिक्न Read more
एउटा बन्द कोठामा उस्तै आँखा, नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डिरहेछ भित्तामा विचलित भएर एक्लै खै, कुन इतिहासको खण्डदेखि ! आज म त्यसैको अनुहार पढिरहेछु एउटा नमीठो व्यङ्ग्यजस्तै लेखिएको छ अनुहारमा “रुन्चे रुमाल” यी शब्दहरुले दैनिक गीज्याउँदैछ उसैको मालीकलाई जसले मिल्कायो प..र दोबाटोमा । यस्तै संझदै .. म कोठा फर्कन्छु त्यस साँझ आँधेरीले झन सताउँछ आँखा मिच्तै अर्को विहान फेरी त्यहाँ पुगेर हेर्छु रुमाल अझै झुण्डिरहेको छ... Read more
फेरि मैले आज सपना देखेँ आँखाहरु न हुन् सजाएर राखेछन् । समुन्द्रमा ठूलो पानीजहाज ओर्लिएपछि छोडिजान्छ पर पर आँखाबाट ओझेल नहुन्जेलसम्म । कहिलेकाहीँ आइदिन्छन् त्यो पनि सपनीमा आँखाहरु त हुन् क्यामेराको पिक्सेल र मेमोरि जस्तो सधैँ भरिलाई क्याप्चर गरेर राख्छ । त्यस्तै हो रेल पनि हवाइजहाज Read more