मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्रका कागजहरु, दाल- चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठाहरु उसले टोकेको आवाज म रातभरि सुन्दछु र समात्न खोज्दछु उसको चिप्लो पुच्छर भागेर लुकिहाल्छ पुरानो आलमारीको पल्लो कुनामा । मलाई डर लाग्न थालेको छ इतिहासको त्यो सिंगो पातो Read more
युगौंदेखी मनुष्यको रगत पिउने सत्ता आज पनि उसको तिर्खा उत्तिकै छ जबसम्म ऊ सुरक्षित छ सुरक्षित हुन्छ उसको स्वाभिमान जबसम्म उसलाई शान्ति छ तबसम्म शान्ति हुन्छ सिमामा पनि सिमाना र स्वाभिमान बदलिएका छैनन यिनीहरू त पहिले पनि त्यहीं थिए र आज पनि त्यहीं छन् शायद भोलि पनि त्यहीँ रहनेछन् सत्ताको Read more
होइन तपाईंले यो के गर्नुभएको ? धत गर्न हुँदैनथ्यो, हिजो आफ्नै खुट्टा तान्नेको आज मदत गर्न हुँदैनथ्यो । दुष्मनले तयारी देखेर होला पहिलै हमला बोल्यो, उसले देख्नेगरी तपाईंले कसरत गर्न हुँदैनथ्यो । शायद जाँदा खालीहात जाने हो भनेर यादै भएन, भएको भए यसरी जिन्दगीभरि बचत गर्न हुँदैनथ्यो । छिमेकीले खै Read more
सिरसिर चलेको बतास पहेँलो फुलेको तोरीबारी अनि हावाले उडाएको पछ्यौरी व्याकराउन्डमा भ्वाइलिनको संगीत आहा.... कस्तो मनोरम ! मायाले भरिएका बेलुनहरु उडाउँदै हरियाली धर्तीको काखमा तिमी मुस्कुराउँदा लाग्छ आज सारा धर्ती नै प्रेममय बनेको छ। यो प्रेम कति अनौठो हुन्छ है ? यसरी तिमी प्रेमको सुवास छर्दै मुस्कुराउँदा, म भने गुलाबका Read more
तिम्रो क्रान्ति जलेर खरानी हुनै लाग्दा रगत पोखेर, निभाएको हुँ आगो दौडाएको हुँ तिमिलाई बैशाखी टेकेर, र पठाएको हुँ सरकारमा सबथोक रित्तिएर । आज जीवन मरणको दोसाँधमा कम्तीमा अस्पतालको एउटा शैया माग्दा नमाग्दै धरौटीमा जीवनको आहुति माग्ने तिम्रो शक्तिशाली साम्राज्यको क्रूरता प्रदर्शन देखेर म बाध्य छु आँखा छोप्न कान थुन्न Read more
विश्वास ! न त्यो ठोस वस्तु नै हो न त त्यसलाई देख्न नै सकिन्छ विश्वास ! न त तरल पदार्थ नै हो जसलाई पोखिएर छताछुल्ल भएकै देखिन्छ विश्वास ! न त यो भवन नै हो जसलाई स्पर्श गर्न नै सकिन्छ । परिभाषामा यो त आकारहीन छ, आकाशजस्तै बृहत् ! रंगबिहीन Read more
सोच्नुहोस् त त्यो दोबाटोमा रहेको चट्टानसरी छ नारीको जिन्दगी कोही समीप आउँछन् मायाले हेर्छन् स्नेहभाव पोख्छन् छताछुल्ल हुने गरी कोही भिज्छन् सिमसिमे पानीमा भिजेजस्तै कोही डुब्छन् सागरको गहिराइसम्म कोही उत्रिन्छन् नदीमा मृत शरीर उत्रेसरी कतिले गहिरिएर हेर्छन् धेरै परपरसम्म सोच्छन् अनि कोर्न थाल्छन् आफ्नो जिन्दगीको योजना । कोही टपक्क टिप्न Read more
विचरो पुरस्कार ! उसको के दोष दिइन्छ थापिन्छ फरक आयम फरक दृष्टिकोण र फरक धरातल अनि फरक मापन फरक समिकरण फरक हिसाब जहाँ न कुनै शुत्र हुन्छ न कुनै मापडन्ड हुन्छ बस दिइन्छ थापिन्छ । मन अन्धो भएपछि विवेक दृष्टिबिहीन हुन्छ र बिर्को लाग्छ बिज्ञतामा छोपिन्छ भिजन अनि सधैं साउनको Read more
(१) शुरूमा अभिन्न मित्र हुन्छु अनि सँगै बसेको चित्र हुन्छु त्यसपछि मायामा यस्तरी हराउँछु जब तिम्रो मुटु भित्र हुन्छु । (२) थोरै सम्झन्छन् धेरै बिर्सन्छन् त्यै पनि आँखा सपना देख्छन् जति धेरै माया लगाए पनि थोरै नजिक धेरै टाढा हुन्छन् । (३ं) कपाल रङ्गाएर राम्रा हुन खोज्ने पनि छन् छाला Read more
ए कोरोना हामी मानवहरूलाई लकडाउन गराउन सफल भएँ भनी तैले हामीलाई जितें भन्ठानेछस् ? तैंले हामीलाई पूर्णरूपले लकडाउन गर्न सकेको छैनस् । हामी किताब पढ्छौं हामी शोध गर्छौं के हाम्रो अध्ययन लकडाउन भयो ? हामी आफ्नो परिवारलाई माया गर्छौं के हाम्रो माया लकडाउन भयो ? हामी ध्यान गर्छौं प्रार्थना गर्छौं Read more