दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैं आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर, घाउहरु कोट्याएर; दिनभरि सल्लाघारीझैँ एकलासमा अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर; दिनभरि पाते च्याउझैं धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर, एउटा सानो छाताले आफुलाई ढाकेर साँझमा जब नेपाल खुम्चिएर काठमाडौं काठमाडौं डल्लिएर Read more