असौजको महिनाको मध्य भए पनि यस पटक पानी नपरेको हुनाले हिलो थिएन । तीस–पैतीस वटा घर थिए, तर सम्मो नहुनाले छरिएका थिए । आर्थिक स्तर उस्तै उस्तै भएका यहाँका बासिन्दाहरू बाहुन क्षेत्री र घर्तीहरू थिए । आफ्नो खेतीले खान पुग्ने कोही थिएन, सबैले बेसाउँथे । यो बेसाउने मौसम नै थियो । यतिबेला सबैका घर फेला […] Read more
जब सिर्जनाका धनी श्रमजीवीहरूको चेतनाको ढोका खुल्छ, शोषणको कालो साम्राज्य जरैदेखि डगमगाउन थाल्छ, तब श्रमको मूल्य खोज्दै उनीहरूले मुठ्ठी कस्नमात्र थाल्दा प्रतिक्रियावादीहरूको मुटु काम्न थाल्छ । अजारौँको लासमाथि उभिएको आलिसान महलमा खैलाबैला मच्चिन्छ । अनि सङ्गिनको घेराभित्र आफूलाई सुरक्षित बनाएका हत्याराहरूको सपना निशाचरको भीमकाय छायाले भताभुङ्ग बनाइदिन्छ । त्यो बेला आफूले यौनदासी बनाइएकी कथित मेमसाहेबको […] Read more
बैरीको पोथ्राले पिटाइ खान्छ । अचम्म होइन । संसारका आधाले भोक खानु, भाटभटेनीहरू अर्थात् न माथिका न तलका – ले गुन्द्रुक भात खानु र देशसेवाका ठेकेदारहरूले ककटेल खानुजत्तिकै स्वाभाविक भैसकेको छ बैरीको पोथ्राले पिटाइ खानु – उसकी आमा बैदार्नीको हातबाट । गाउँ छोडिन् तर गाउँले छोडिनन् बैदार्नीले । पहाडको घरबार छोडेर मधेश झरिन् तर पहाडकै […] Read more
गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त यो पुराकथाजस्तै लाग्न थालिरहेछ । […] Read more