कतारी श्रमिक नेपाली ड्यास्पोरामा नेपाली श्रमिकहरुको आगमनसँगै नेपाल र नेपालीहरुको पहिचान, भाषा, साहित्य, कला संस्कृति, गीतसंगित र सामाजिक क्रियाकलापको सुरुवात भयो । यो नबिनतम सुरुवातसँगै सरल, सहयोगी र साहित्यकार स्वर्गीय शिखर बैद्यको ०१ मार्च १९९८ मा कतार प्रबेश भयो । कतारमा कार्यरत नेपालीहरुको प्रतिष्ठा र पहिचानमा वहाँको आगमनले नयाँ आयाम थप्यो । सामाजिक संस्थाको स्थापना, एनआरएनएको स्थापना, साहित्यिक संस्थाको उदय, नेपाली नियोगस“गको समन्वयमा उल्लेख्यनीय भूमिका रह्यो । वहाँको यो सत्कर्मलाई सधै सम्झिरहन अथवा शिखर बैद्यलाई अजरअमर बनाई राख्नको लागि वहाँद्वारा कतारमा स्थापित र गठित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरले वहाँको सम्मानमा “अनेसास शिखर पुरस्कार” को अवधारणा ल्याएका छौं ।
कतार एक अस्थायी ड्यास्पोरा हो । अझ नेपालीहरुको लागि यो प्रवास हो । नेपालीहरु कतारमा स्थायी बसोबासका लागि कोहि आएका हैनन् । यहाको कानूनले पनि यो अनुमति दिएको छैन । तसर्थ कतार पुर्णरुपले ड्यास्पोरा हैन । यहाँ गरिने नेपाली गतिबिधिहरु प्रवासी र रेमिट्यान्स गतिबिधि हो । अनेसास कतार च्याप्टरले प्रवासमा रहेर नेपाली भाषा, संस्कृति, कला, साहित्य, गीतसंगितमा योगदान पु¥याउनु हुने एक ब्यक्तिलाई हरेक बर्ष साहित्यकार स्वर्गीय शिखर बैद्यको जन्म जयन्तिको अवसर पारेर “अनेसास शिखर पुरस्कार” घोषणा गरिने छ ।
यो पुरस्कारको स्थापना कतारमा भएको हुनाले यो पहिलो संस्करण कतारबाट नै सुरुवात गर्ने हाम्रो सहमति रह्यो । कतारको साहित्यिक ईतिहास दुई दशकभन्दा लामो रहेको छ । संस्थागत साहित्यको सुरुवात साहित्यकार शिखर बैद्यबाटनै भएको हो भन्दा सम्भवतः फरक नपर्ला । त्यसैले यो दुई दशकको कतारको साहित्यिक गतिबिधि, योगदान र निरन्तरता हाम्रो प्राथमिकतामा रहेको छ । यो पुरस्कारको उदेश्य प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगितमा समर्पित एक उत्कृष्ट श्रष्टालाई हरेक बर्ष पुरस्कृत गर्ने रहेको छ । त्यसैले अहिले हाम्रो छनौटमा पर्नु भएका सबै श्रष्टाहरु आगामी बर्षहरुमा पनि पुरस्कृत हुन सक्नु हुनेछ । तर एक पटक पुरस्कृत भइसकेको श्रष्टा फेरि पुरस्कृत हुने छैन ।
यो बर्षको “अनेसास शिखर पुरस्कार—२०७८” साहित्यकार बद्री प्रसाद पराजुली ज्यूलाई पुरस्कृत गर्ने निर्णय गरेका छौं । पाँच दशकदेखिको निरन्तर लेखनमा संलग्न रहनु भएका पराजुली सन २००४ मा कतार प्रवेश गरेर सन २०१४ सम्म कार्यारत हुनुहुन्थ्यो । भोजपुर जिल्ला साबिकको अरुण गाउपालिका चरम्बिमा २०२१ साल असार २१ गते जन्मनु भएका कविका (क) रगतको उपहार कबिता संग्रह २०४८ साल, (ख) खगेन्द्र लघु शोक काब्य २०४९ र (ग) टुहुरो बस्तिको कथा खण्ड काब्य २०६९ मा प्रकाशित भएको थियो । हाल बिराटनगर महानगरपालिका १८ मा स्थाई बसोबास गर्नु भएका पराजुली अनेसास कतार च्याप्टरको संस्थापक सल्लाहकार र नबोदित साहित्यिक वाचनालय, कतारको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो ।
हामी वहाँको आगामी साहित्यिक साधना र सफल जीवनको कामना सहित बधाई साथै शुभ कामना ब्यक्त गर्दछौं ।