लिच्छवी कालसम्म एकीकृत रहेको नेपाल लिच्छवि सभ्यताको पतनपछि कमजोर र छिन्नभिन्न भयो । लिच्छवि वंशका अन्तिम राजा मानदेव तृतीयको मृत्युपछि खस साम्राज्य नेपालमण्डल र तिरहुत साम्राज्य अस्तित्वमा आए ।
यी तीन साम्राज्यहरूमा नेपालमण्डल एउटा पुरानो र सम्पन्न साम्राज्य थियो । नेपालमण्डलका राजाहरू लिच्छवि सभ्यतामा विकसित भएको काठमाडौं उपत्यकालाई नै केन्द्र बनाएर शासन गर्न थाले । मध्यकालको बिचतिर आइपपुग्दा यी राज्यहरू पनि कमजोर बने । दरबारभित्रको षड्यन्त्र, गृहकलह र छोरानातिसँगै भारदारहरूको अति महात्वाकांक्षाका कारण राज्यहरू शक्तिहीन हुँदै गए । राज्यका प्रशाशकीय इकाइहरू केन्द्रबाट स्वतन्त्र हुन थाले । यसरी वि.सं. १४४८ मा खस साम्राज्य र वि.सं. १५३८ सम्ममा नेपाल मण्डलबाट ससाना राज्यहरू बन्ने प्रक्रियाको तीब्रतासँगै यी दुबै साम्राज्यको अस्तित्व समाप्त भयो ।
यी दुई साम्राज्यको पतन भएपछि कहिले नेपालमण्डलको त कहिले खस साम्राज्यको अधिकार क्षेत्रभित्र पर्ने गण्डकी प्रदेशमा ससाना राज्यहरू अस्तित्वमा आए । उत्तर मध्यकालमा गण्डकी प्रदेशमा बनेका यिनै ससाना राज्यहरूलाई चौबिसे र कर्णाली प्रदेशमा बनेका राज्यहरूलाई बाइसे राज्यको नामले चिनिन थाल्यो ।
चौबिसी राज्य अन्तर्गतका राज्यहरू यसप्रकार थिए
चौबिसी राज्य स्थापना संस्थापक अन्तिम राजा नेपालमा विलय
१. लमजुङ वि.सं. १५५० यशोब्रह्मा शाही वीरभूपाल शाही वि.सं. १८४२
२. तनहुँ वि.सं. १६१० भृङ्गी सेन हरकुमारदत्त सेन वि.सं. १८४१
३. पर्वत वि.सं. १४९३ अनंपृम वम कीर्तिवम मल्ल वि.सं. १८४२
४. कास्की वि.सं. १५२४ विचित्र खान नरनारायण शाही वि.सं. १८४२
५. गलकोट वि.सं. १६३१ जितारी मल्ल ज्योतिप्रकाश मल्ल वि.सं. १८४२
६. नुवाकोट वि.सं. १५१० मिञ्चा खान इन्द्रभूपाल शाही वि.सं. १८४२
७. पैयूँ वि.सं. १५०२ रामसिंह सेन अकवरसिंह सेन वि.सं. १८४२
८. सतहूँ वि.सं. १५१० शिरबुम्ब खान दीर्घ शाही वि.सं.१८४२
९. गरहूँ वि.सं. १५१० दशरथ खान घरु खान वि.सं. १८४२
१०. रिसिङ वि.सं. १६१० हम्बीर सेन हरिनारायण सेन वि.सं. १८४२
११. घिसिङ वि.सं. १६०० — — वि.सं. १८४२
१२. पाल्पा वि.सं. १५५० रुद्र सेन पृथ्वीपाल सेन वि.सं. १८६३
१३. गुल्मी वि.सं. १४९३ वीर शाह शक्तिप्रचण्ड शाह वि.सं. १८४३
१४.मुसिकोट वि.सं. १५५० जगतचन्द्रसिंह आनन्दसिंह वि.सं. १८४३
१५. इस्मा वि.सं. १५५० च्यवनराज भट्ट गोविन्दसिंह राठोर वि.सं. १८४३
१६. धुरकोट वि.सं. १४६५ खड्कराज मल्ल टेकबहादुर मल्ल वि.सं. १८४३
१७. अर्घा वि.सं. १४९० जिल्ल राई अहिवर्ण शाह वि.सं. १८४३
१८. खाँची वि.सं. १४९२ जयन्तराज शाह दुर्गाभजन शाह वि.सं. १८४३
१९. भीरकोट वि.सं. १५०० जैन खान प्रेमअमर खान वि.सं. १८४२
२०. बुटबल वि.सं. १६१० विनायक सेन अमर सेन वि.सं. १८६३
२१. ढोर वि.सं. १५१० दशरथ खान शिवनारायण खान वि.सं. १८४२
२२. प्युठान वि.सं. १५६० लटराज रुद्रप्रसाद चन्द वि.सं. १८४२
२३. मुस्ताङ वि.सं.८००–१३०० मिचेघ्युङ्कल विट पैभाभुटी विष्ट वि.सं. १८४६
२४. दर्छा रामपुर वि.सं. १६१० — — वि.सं. १८४२
२५. गोरखा वि.सं. १६१६ द्रव्य शाह ज्ञानेन्द्र शाह —
(चौबिसे राज्यको माथिको नामाबली केही परिमार्जनसहित डा. राजाराम सुवेदीको ‘नेपालको तथ्य इतिहास’ नामक पुस्तकबाट लिइएको हो )