काठमाडौंका राज्य
(१) कान्तिपुर राज्य
एकीकृत र केन्द्रीकृत नेपालमण्डल अन्तर्गतका अन्तिम राजा यक्ष मल्लको मृत्युपछि नेपाल मण्डल विभिन्न ससाना राज्यमा विभक्त भयो । कतिपयले यक्ष मल्ल स्वयम्ले आफ्ना तीनभाइ छोराहरूलाई काठमाडौं, भक्तपुर र पाटन भाग लगाइ अलगअलग शासन गर्न दिएका थिए पनि भन्छन् । तर यसको प्रमाण कतै भेटिदैन ।
यक्ष मल्लको मत्युपछि वि.सं. १५४१ मा यक्ष मल्लका अति महात्वाकांक्षी र विद्रोही स्वभावका छोरा रत्न मल्लले कान्तिपुरमा छुट्टै राज्य बनाए । वि.सं. १५४८ मा भक्तपुरको अधिकारक्षेत्रभित्र पर्ने नुवाकोटलाई पनि आफ्नै राज्यमा मिलाए । अर्का छोरा रण मल्लले बनेपामा अलग्गै राज्य स्थापना गरे ।
रत्नमल्लपछि कान्तिपुरका अर्र्का प्रभावशाली राजा हुन् महेन्द्र मल्ल । वि. सं. १६१७ मा राजगद्धीमा बसेका महेन्द्र मल्लको प्रभावशाली राजा थिए । नेपालको इतिहासमा उनको शासनकाललाई मङ्खवकासाथ लिइन्छ । काठमाडौं उपत्यकामा चाँदीको मोहर सबैभन्दा पहिले उनैले प्रचलनमा ल्याएका थिए । जसलाई महेन्द्र मल्ली भनिन्थ्यो । यिनको पालामा तिब्बतसँगको व्यापार फस्टाएको थियो । तिब्बतबाट सुन र चाँदी ल्याएर यहाँ टक काटी फेरि तिब्बतमै पठाइन्थ्यो । यसो गर्दा दरवारलाई मनग्गे फाइदा हुन्थ्यो ।
कान्तिपुरका अर्का प्रभावशाली राजा हुन् शिवसिंह मल्ल । वि. सं. १६६५ मा शिवसिंह मल्ल कान्तिपुरको गद्धीमा बसेका थिए । यिनले पूर्वको महङ्खवपूर्ण राज्य दोलखा बिजय गरी कान्तिपुरमा समाहित गरे । उत्तरमा लिस्ति र केरुङमा आक्रमण गरी आफ्नो अधिकारक्षेत्रभित्र पारे । त्यस्तै दक्षिणमा मकवानपुर र सिन्धुली अनि पश्चिममा कालीगण्डकीसम्म राज्य विस्तार गरे ।
शिवसिंले मन्दिरहरूको पुनर्निर्माण गर्ने कामलाई तीव्रत दिए । पशुपतिको छाना र गजुर सुनको बनाउन लगाए । तलेजु, देगतुले, स्वयम्भूको चैत्य, चाँगुनारायण र नुवाकोटको भैरवी मन्दिरको जिर्णोद्वार गराए ।
यिनको जीवनकालमै यिनले दुःखले आर्जेको कान्तिपुरलाई भाग लगाई यिनका दुई नातिले आआफ्नो बनाए । सिद्धिनरसिंह मल्लले पाटन र लक्ष्मीनरसिंह मल्ले कान्तिपुर लिए । लक्ष्मीनरसिंह मल्लका छोरा प्रताप मल्लले भारदार भीम मल्लको सहयोगमा बाउलाई कैद गरी वि.सं. १६९८ मा राजा भए । त्यसको सोह्र वर्षपछि वि.सं. १७१४ मा जेलमै उनको मृत्यु भयो ।
प्रताप मल्लले बाउलाई जेल मात्र हालेनन् तिब्बतलाई युद्धमा हराई व्यापारिक सन्धि गराउने काजी भीम मल्लको पनि हत्या गरे । भीम मल्लकै कूटनीतिक दक्षताका कारण नेपालले पहिलो पल्ट विदेशी राज्यसँग बाणिज्य सन्धि भएको थियो । यस सन्धिबाट नेपाललाई मनग्गे फाइदा भएको थियो । तिब्बतमा नेपाली वाणिज्य दूत रहने, नेपालले भोटका निम्ति मुद्रा बनाइदिने, नेपाली मुद्रा तिब्बतमा चल्ने, तिब्बतमा नेपाली कोठी खोल्नेजस्ता महङ्खवपूर्ण विषयमा नेपालले तिब्बतसँग सन्धि गरेको थियो । तर दरबारको वरिपरि घुम्ने चाटुकार भारदारका चुक्लीका आधारमा अध्ययनै नगरी भीम मल्ललाई काट्न लगाएका थिए प्रताप मल्लले ।
प्रतापमल्लले साहित्य, संगीत र धार्मिक क्षेत्रमा महङ्खवपूर्ण काम गरे । यिनी आफै साहित्यकार थिए । यिनले आफ्नो नामको अगाडि ‘कवीन्द’ लेख्थे । सामाजिक सुधार, विकास निर्माण र न्यायिक क्षेत्रमा महङ्खवपूर्ण काम गरेका थिए । उनले रानी पोखरी, हनुमानढोका, भण्डारखाल बगैँचा बनाएका थिए ।
वि.सं. १७९२ मा जयप्रकाश मल्ल कान्तिपुको राजगद्धीमा बसेका थिए । यिनको शासनकालमा दरबारमा गुटवन्दी बढेको थियो । दरबारमा गृहकलक चर्किएको मौका छोपी पहिलो पल्ट वि.सं. १७९६ मा गोरखाका राजा नरभूपाल शाहले नुवाकोटमाथि आक्रमण गरेका थिए । तर उनी असफ भए । त्यसपछि आफू राजा भएपछि पृथ्वीनारायण शाहले वि.सं. १८०० मा आक्रमण गरे । यसपल्ट पनि उनी असफल भए ।
जयप्रकाश मल्ल सनकी, शङ्कालु र अरुको विश्वास नगर्ने भएकोले कान्तिपुरका भारदारहरू उनीसँग टाढिएका थिए । उनीहरू उनका एकमात्र जीवित साइँला भाइ राज्यप्रकाश मल्ललाई राजगद्धीमा राख्न चाहन्थे । यही भएर जयप्रकाश मल्ल करिब चार वर्ष राज्यच्यूत गरिए । पृथ्वीनारायण शाहले दोस्रोपल्ट नुवाकोटमाथि आक्रमण गरी आफ्नो अधिकारक्षेत्रभित्र पारे ।
करिब चारवर्ष राज्यसत्ताबाट च्युत गरिएका जयप्रकाश मल्लले गोरखालीको राज्यविस्तारलाई रोक्न सकेनन् । हेर्दाहेर्दै कीर्तिपुरसहित उपत्यकाका चारैतिरका गाउँ र थुमहरू गोरखालीको अधिनमा परे । उनले कसैगरी पृथ्वीनारायण शाहलाई उपत्यकाबाट खेद्न र आफ्नो राज्य बचाउन चाहन्थे । यही उद्देश्यका लागि अङ्ग्रेजसँग सैन्य सहयोग पनि मागे । तर जयप्रकाशको सहयोगार्थ कप्तान किनलकको नेतृत्वमा आउँदै गरेको फौजलाई वि.सं. १८२४ असोज २४ गते गोरखाली फैजले सिन्धुली गढीमा नराम्रोसँग हराए । त्यसको एक वर्षपछि वि.सं. १८२५ असोज १३ गते इन्द्रजात्राको राति गोरखालीले जयप्रकाश मल्लको राज्यमाथि धावा बोलेर सर गरे ।
आफ्नो राज्य गोरखालीको हातमा गएपछि जयप्रकाश मल्ल भागेर पहिले ललितपुर पुगे । त्यहाँ पनि असुरक्षित महसुस गरी ललितपुरका राजा तेजनरसिंह मल्लसँगै भक्तपुर पुगे ।
भक्तपुरमा गोरखाली फौजले वि.सं. १८२६ मंसिर १ गते आक्रमण ग¥यो । दुबै राज्यका सेनाबिच घमासान लडाइँ भयो । लडाइँमा जयप्रकाश मल्लको देब्रे खुट्टामा गोली लागेर घाइते भए । उनको मृत्यु पशुपति आर्यघाटमा भयो ।
(२) पाटन राज्य
मध्यकालमा पाटनको शासनाधिकार महापात्रहरूको हातमा थियो । मल्ल राजा भक्तपुरमा बसेर यिनै शक्तिशाली महापात्र मार्फत् त्यहाँ शासन गर्थे । जयस्थिति मल्लको पालादेखि नै शक्तिशाली बनेका सप्तकुटुम्बहरू यक्ष मल्लको पालामा पनि अधिकार सम्पन्न थिए ।
यक्ष मल्लको मृत्युपछि रत्नमल्लले कान्तिपुर र पाटनमा शासन गर्न थालेका थिए । यो कुरा त्यहाँका सातमध्ये तीन महापात्रलाई चित्त बुझेको थिएन । यही कारण उनीहरूमध्ये एक महापात्र विष्णुसिंहले वि.सं. १५८४ मा ललितपुरमा स्वतन्त्र राज्य खडा गरेका थिए । ललितपुर राज्य लामो समयसम्म अस्थिर बन्यो । कहिले कान्तिपुरबाट अलग हुने कहिले कान्तिपुरको अधिनमा जाने प्रक्रिया चलि नै रह्यो । वि. सं. १६७५ मा कान्तिपुरका राजा शिवसिंह मल्लका नाति सिद्धिनरसिंह मल्ल राजगद्दीमा बसेपछि यो राज्य स्वतन्त्र राज्यको रूपमा अस्तित्वमा आयो ।
पाटनमा सिद्धिनरसिंह मल्लले आफ्नै जीवनकालमा आफ्ना छोरा श्रीनिवास मल्ललाई राजगद्दीमा राखेका थिए । श्री निवास मल्लले कान्तिपुरका राजा प्रताप मल्लको सिको गरेर बाउसँग विद्रोह गरी कीर्तिपुरमा छुट्टै राज्य बनाएर बसेका थिए । लक्ष्मीनरसिंह मल्लको नियति देखेका सिद्धिनरसिंह मल्लले कुनै आनाकानी नगरी ५४ वर्षकै उमेरमा वि.सं. १७१७ मा छोरालाई सत्ता हन्तान्तरण गरेका थिए । सिद्धिनरसिंह मल्ल धार्मिक प्रवृत्तिमा राज थिए । पाटनको प्रख्यात कृष्ण मन्दिर यिनैले बनाउन लगाएका थिए । यिनको मृत्यु १०४ वर्षको उमेरमा काशीका भयो ।
श्रीनिवास मल्लले पनि आफ्नै बुवाको नियति भोग्नु प¥यो । उनले गरेजस्तै उनका छोरा योगनरेन्द्र मल्लले राज्यका लागि उनीसँग विद्रोह गरेका थिए । ५७ वर्षको उमेरमा वि. सं. १७४१ मा उनले आफ्ना छोरालाई राजगद्दीमा राखे । राजगद्दी सुम्पेको दुई वर्षमा यिनको पनि मृत्यु भयो । बाउबाट शासनसत्ता हत्याएका यी राजा प्रायः छिमेकीसँग युद्ध र झगडामै रहन्थे । हुन त त्यतिखेरका उपत्यकाका तिनोटै राज्यका रोजाहरू कहिले कोसँग मिलेर त कहिले कोसँग मिलेर अर्कोसँग युद्ध गर्थे । यिनले पनि गरेको यही नै हो । वि.सं. १७६२ मा भक्तपुरसँग युद्ध गर्नेक्रममा यिनी चाँगुमा बसेर युद्ध सञ्चालन गर्दै थिए । यही बेला तमाखुमा विष प्रयोग गरी यिनको हत्या भयो ।
श्रीनिवास मल्लको अवसानपछि पाटन अस्थिर भयो । कमजोर र अस्थिर राजनीतिको फाइदा उठाउँदै पाटनमा छ प्रधानहरूको शक्ति बढ्यो । अब त्यहाँ यी प्रधानहरूले जे चाह्यो त्यही हुने अवस्था सिर्जना भयो । कहिले कसलाई त कहिले कसलाई राजगद्दीमा राख्ने प्रक्रियमा एकपटक यी प्रधानहरूले पृथ्वीनारायण शाहका भाइ दलमर्दन शाहलाई पनि राजा बनाएका थिए ।
वि.सं. १८२२ चैत ३ गते गोरखालीले कीर्तिपुर विजय गरेपछि यी प्रधानहरूले दलमर्दनलाई कैद गरे । दलमर्दन कसै गरी कैदबाट भागी आफ्ना दाजु पृथ्वीनारायण शाहसँग मिल्न पुगे । त्यसपछि प्रधानहरूले पाटनका व्यापारी तेजनरसिंह मल्ललाई राजा बनाए ।
कान्तिपुर पराजित भएपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल भागेर पाटनमा गएर बसे । त्यहाँ पनि प्रधानहरूले आत्मसमर्पण गर्ने तयारी गर्दै गरेको देखेपछि तेजनरसिंहसहित भागेर भक्तपुर पुगे । कान्तिपुर विजय गरेको ११ दिनपछि पाटन पनि गोरखाली सेनाले विजय ग¥यो ।
भक्तपुरको पतनपछि तेजनरसिंह मल्ल पशुपतिमा बस्न गए । त्यहीँ नै उनको मृत्यु भयो ।
(३) भक्तपुर राज्य
एकीकृत रहँदासम्म नेपालमण्डलको राजधानी भक्तपुरमा थियो । वि.सं. १५३८ मा यक्ष मल्लो मृत्युपछि उनका जेष्ठ सुपुत्र राय मल्ल नेपालमण्डलका राजा भए । केही समय भाइहरू उनीसँगै बसेपनि त्यसपछि उनीहरूबिचमा मनोमालिन्य बढ्यो । भाइहरू उनीबाट छुट्टिएर गए । रत्न मल्लले छुट्टै कान्तिपुर राज्य बनाएर शासन गर्न थाले भने अन्य भाइहरू पनि राय मल्लका विरोधी बनेर निस्किए ।
राय मल्ल कमजोर र ह्याउ नभएका राजा थिए । भाइहरूले काठमाडौं, ललितपुर र बनेपामा अलग राज्य बनाउँदा पनि यिनी मुकदर्शक बनेर बसे । यिनको पालामा यी तीन राज्यबिचमा आगो बाराबारको अवस्था थियो ।
रायमल्लपछि प्रभावशाली राजामा वि.सं. १६७० मा राजगद्दीमा बसेका जगज्योति मल्ल देखिन्छन् । यिनले भक्तपुरम अनेकौँ विकास निर्माणका काम गरेका थिए । भक्तपुरको विस्केट जात्रा र आदि भैरवको रथयात्रा यिनकै पालामा सुरु गरिएको थियो । यिनी संस्कृत, नेवारी तथा मैथिली भाषाका विद्वान थिए । यी संगीतकार र नाटककार पनि थिए । यिनले ‘हरगौरी’ र ‘कुञ्जविहारी’ नाटक लेखेका थिए । यसबाहेक यिनका अन्य नाट्यकृति पनि उपलब्ध छन् ।
वि.सं. १७२९ मा भक्तपुरको राजगद्दीमा बसेका जितामित्र पनि प्रभावशाली राजा थिए । यिनले कान्तिपुर र ललितपुरबाट आफ्नो राज्यलाई बचाउन अनेका काम गरेका थिए । आफ्नो राज्यमाथि आक्रमण गर्न चाँगुमा बसेका कान्तिपुरका राजा पार्थिवेन्द्र मल्ललाई तमाखुमा विष मिलाएर हत्या समेत गर्न लगाए । यी पनि विकासप्रेमी, साहित्य र संगीतप्रेमी थिए । यिनका संस्कृत, मैथिली र नेवारीमा लेखिएका गोपीचन्द्र, अश्वमेध, लगायत कृतिहरू प्रशिद्ध छन् ।
भूपतिन्द्र मल्ल पनि भक्तपुरका प्रभावशाली राजामध्येमा पर्छन् । भूपतिन्द्र मल्लले पचपन्न झ्याले दरबार, न्यातपोल लगायत मन्दिर र भवनहरू बनाउन लगाए । यिनी पनि आफ्ना पूर्ववर्ती राजाझैँ साहित्यकार थिए । यिनले उषाहरण, जैमिनी भारत, गौरीविवाह, रामायण लगायत एक दर्जन साहित्यिक कृति लेखेका थिए । त्यसबाहेक यिनले गीत, लोकगीत र गीतिनाटक पनि लेखेका थिए ।
भक्तपुरका प्रभावशाली र अन्तिम राजा हुन् रणजित मल्ल । यी श्री ५ पृथ्वीनारायण शाहका मितबाउ पनि हुन् । भूपतिन्द्र मल्लको मृत्युपछि वि.सं. १७७९ मा रणजित मल्ल भक्तपुरका राजा भएका थिए ।
वि.सं. १७९८ मा पृथ्वीनारायण शाहले भक्तपुरको भ्रमण गरी युवराज वीरनरसिंह मल्लसँग मीत लगाएका थिए ।
रणजित मल्ल जनप्रिय राजा थिए । यिनी साहित्यिक व्यक्तित्व भएका राजा थिए । यिनले पनि नेवारी, मैथिली र संस्कृतमा अनेक साहित्यिक कृतिहरू प्राप्त छन् । इन्द्रविजय नाटक, कृष्णचरित्र, कृष्ण कैलाश यात्रा, रुक्मिणी हरण जस्ता झन्डै एक दर्जन कृति छन् ।
वि.सं. १८२६ मा पन्ध्रसय फौजका साथ पृथ्वीनारायण शाहले भक्तपुरमाथि आक्रमण गरे । यस युद्धमा दुबैतर्फ गरी दुई हजार मानिसहरू मारिए । जयप्रकाश मल्लको देब्रे खुट्टामा गोली लागेपछि उनीहरूले आत्मसमर्पण गरे । यसरी वि.सं. १८२६ मार्ग १ गते भक्तपुर पराजित भै विशाल नेपालमा समाहित भयो ।
६७ वर्षका रणजित मल्ल उनकै इच्छाअनुसार काशीतिर लागे । काठमाडौं छोडेको अठार महिनामा यिनको मृत्यु भयो ।