प्रायः विश्वका जुनसुकै धर्म संस्कारभित्र महिलाको अवस्थालाई हेर्ने हो भने पुरुषहरूको तुलनामा उनीहरूको स्थान अति नै गौण रूपमा रहेको देखिन्छ । यसो हेर्दा घर व्यवहार सञ्चालनमा महिलाहरूले नेतृत्व लिए जस्तो देखिए पनि व्यक्तिगत रूपमा उनीहरू पछि परेका छन् । उनीहरूले गरेका झिनामसिना घरायसी कामको मूल्याङ्कन हुँदैन तर पनि पुरुषहरूको लालसा मेटाउन समय खर्चिरहेका हुन्छन् ।
समाजमा प्रचलित धर्म संस्कारको पाटोलाई मात्र केलाएर हेर्ने हो भने पनि महिला उत्पीडनको स्वभाव उस्तै–उस्तै हुन्छ । विशेष गरेर धर्म संस्कार जोगाउनमा महिलाहरूको मूख्य भूमिका रहेको कुरा नकार्न सकिदैन । भन्नै पर्ने हुन्छ, पुरुषहरू पनि तल्लीन भएर महिलाहरूले धर्म संस्कार जोगाइ दिएका कुरामा दङ्ग छन् । दङ्ग हुनुपर्ने कारण पनि छ । त्यो हो, धर्म संस्कारले पुरुषलाई मालिक र महिलाहरूलाई शालिक बनाउने काममा टेवा पु¥याएको छ । यस अर्थमा शालिक भन्न खोजिएको हो कि महिलाहरूले धार्मिक आडमा रहेर जीविकोपार्जन गर्नुपर्ने र असहज परिस्थितिमा पनि चुइँक्क बोल्न नहुने परम्पराले चुपचाप शालिक उभिएझैँ जीउनपर्ने बाध्यतालाई सङ्केत गरिएको हो ।
नेपालका सन्दर्भमा कुरा गर्दा पनि जुनसुकै जातिमा होस् मृतकको तिथिमिति पक्डिएर कामको चाँजोपाँजो मिलाउँदा घरायसी भित्री धन्दामा महिलाहरूले जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । त्यस बेला उनी आपूmलाई घरकी मालिकिनी सम्झिएर फुर्तिफार्ति निकाल्न हवस् हजुर भनी स्विकार्न पुग्छिन् । धर्म संस्कार सम्बन्धी जिम्मेवारीले क्षणिक भए पनि महिलाहरूको भाउ बढाइदिन्छ । उनीहरू कर्तव्यनिष्ठ बनी किरिया संस्कार र श्राद्धका लागि चाहिने सामग्री किन् वा जुटा, घर लिपपोत गर, परिवारको लुगा धो, निम्तालुहरू बोला, कति पकाउने, कसरी खुवाउने र के दिएर पठाउने भन्नेबारे चिन्तनमनन गर्दैमा समय बिताउन बाध्य हुन्छन् । पका, खुवा र चुलो रूङ् उनीहरूको दैनिकीमा पर्छ । यी त भए महिलाका सर्वमान्य कुरा । यसमा पनि हिन्दु धर्म संस्कारमा प्रचलित किरिया संस्कार र श्राद्धका कुरा गर्ने हो भने श्राद्धको अघिल्लो दिन एकछाकी । महिलाहरू उक्त दिनदेखि श्राद्धका दिनसम्म त पूरै दुई दिन झन् सक्रिय देखिन्छन् । एकछाकीका दिन सबेरै उठ्, नुहाइधुवाइ गर्, घरको सरसफाइमा ध्यान दे, पखालपुखुल, चोखोनितो, केलाइपकाइ, अडिलो मिठो खुवा, ट्यामटुम धन्दा सकेर भोलिको तयार गर् मै व्यस्त हुन्छन् ।
परिवारलाई खुसी पारेर विश्वस्त बना, अबेर एक झप्को सुतेर उठ्, श्राद्धका दिन कुखराको डाक अघि नै तम्तयार हो र उही अघिल्लो दिनको काम दोहोर्याउँदै श्राद्धका लागि तयार पारिएका दुना टपरी खोज् र सिदा हाल्, पण्डितजीलाई खुसी पार्, पितृ सम्झी पूजा गर्, श्राद्ध गर्ने र गराउनेका लागि व्यवस्था मिला, उता चुलो पनि च्याउँदै गर्, अरूलाई पनि अह्राउन भ्या, पण्डितको टहल गर्, सासू, ससुरा र श्रीमान््को धोतीसोती ठिक पार्, अन्य आवश्यक सामग्रीको बन्दोबस्त मिला गर्दैमा महिलालाई एउटा मन्त्रालय चलाउनुभन्दा कम बौद्धिक र शारीरिक श्रम खर्चिनु परेको हुँदैन ।
यसरी घरायसी श्रममा बेरिएकी महिलाले कसरी पुरुषसरह बाहिरी काममा सहयोग पु¥याउन सक्ली ? पुरुषहरूले गहिरिएर सोच्नु पो पर्छ कि !
परम्पराको नाममा पुरुषतन्त्रले कहाँसम्म जरा गाडेको छ भन्ने प्रमाणका लागि वेश्या, विधवा, र बोक्सी तीन ‘व’ ले मात्र पनि परिभाषित गर्छन् । सोह्र शृङ्गारले सजिएकी अर्थात् सदुवा भनिएकी महिला आफ्नो श्रीमान्् जीवित हुँदा र मृत्युपछिको अवस्थामा कति भिन्न हुन पुग्छे । ऊ विधवा पहिरनमा अमिलोले पित्ले भड्डु उगालेझैँ उग्लिन पुग्छे । यस कार्यमा महिलाको केही भूमिका रहँदैन । बरू त मरेपछि पनि पुरुषत्व बोकाइएको उही श्रीमान््को मृतात्माले निगरानी गरिरहेको हुन्छ । यस्तो धर्म संस्कार रूपी ग्रीष्मको धूपमा उखरमाउलो गर्मी खप्न नसकेर अधिकांश महिलाहरू शीतल छहारीको खोजिमा लागेका छन् । यिनीहरूको सहयोगको लागि पुरुषहरूको दिल उदार हुनु आवश्यक छ । हिन्दु धर्म संस्कारले जेलिएका र पण्डित भनिएका परिवारका महिलाहरू अन्य धर्म र जातिका धर्म संस्कारले भन्दा बढी अवश्यै पेलिएका छन् । हिन्दु संस्कारले जेलिएका र पण्डित परिवारका महिलाहरू किरिया संस्कारले झन् बढी बाँधिएका देखिन्छन् । यो परिवारभित्र परम्परागत रीतिरिवाज विरूद्ध बोल्नु हुन्न भन्ने मानसिकताले ग्रसित देखिन्छ । यिनीहरूको दिमागमा परम्परा नमाने होची, अर्गेली होइन्छ भन्ने डरले डेरा जमाएको हुन्छ । यस सन्दर्भमा आमाले छोरीलाई, सासूले बुहारीलाई, आपूmले भोगे र जानेका कुराबारे प्रशिक्षण दिइरहेका हुन्छन् । कतिपय बाबु र ससुराहरू कुरा बुझेर पनि व्यवहारमा उर्तान भने हिच्किचाइरहेका छन् । मैले किन हिच्किचाएको भनी औँल्याएँ भने यस्ताखाले कतिपय मित्रहरूको सुरिलो स्वरमा मैले लैङ्गिक समानताका कुरा सुन्ने अवसर पाएकी छु तर घरव्यवहारमा शून्य । मलाई किन यस्तो फरक सोचाइ उब्जियो हो भनी विचार्दा व्यवहारमा समानता लागु गर्दा आपूm पनि काममा धसिनु पर्ने डरले पो रहेछ भन्ने लाग्यो । बुढाबुढी र बच्चाबच्चीको स्याहारसंभारका कुरा गर्ने हो भने त पुराण लेख्नुपर्छ ।
जतिसुकै लैङ्गिक समानताका कुरा गरे पनि मृत्यु संस्कारका बेला अधिकांश महिलाहरू प्रताडित देखिन्छन् । हुन त श्रीमान््को मृत्युपश्चात् जुनीभर लगाउनु पर्ने सेतो पहिरन र खानामा लगाइएका बन्देज वर्तमान सन्दर्भमा खुकुलिँदै गएका पनि छन् । खानपिन र पहिरनमा मात्र सुधार देखिएर महिलाहरू प्रतिको विभेद अन्त्य हुने होइन । किरिया संस्कारका परम्परागत विधिविधानमा कति पनि रूपान्तरण हुन सकेको छैन । किरिया संस्कारका विधिविधानका शास्त्रीय र लोकोवाद जुन काल्पनिक परलोकको अवधारणामा हुर्किदै आएका छन् । तिनीहरूको पालना गर्नुपर्दा महिलाहरूका अवस्थामा उत्पन्न मानसिक तनाव कम हुन सकेको छैन । सिदासादा महिलाहरूलाई भाग्यवादको नारा दिएर क्रियासंस्कारले रूमल्याउनु रूमल्याएको देखिन्छ । यस परम्परालाई पण्डित्याइँ गर्नेहरूले पृष्ठपोषण प्रदान गर्दै आएका छन् । वर्तमान परिप्रेक्ष्यमा मृत्यु संस्कारका सन्दर्भमा पनि दुई धार देखिएको छ । हामी नेपालीहरू तीन दिनदेखि तेह्र दिनसम्म किरिया संस्कार मान्नेमा छौँ । यस बिचमा पनि पाँच दिन र सात दिन मान्नेहरू पनि छौँ । अर्को प्रचलनमा एकथरी मृत्युपश्चात्् ढिकुरो उठाउने, पितृका नाममा पिण्ड दिने, शøयादान गर्ने, सुद्धाइ गर्ने, मासिक गर्ने, बरखी बार्ने, बर्खान्त गर्ने र मृत्युको तिथि पक्डिएर बस्र्यौनी श्राद्ध गर्ने परम्परागत प्रचलनमा छन् भने अर्काथरी समय सान्दर्भिक रूपान्तरण सहित विशेष गरी तीन, पाँच, सात र बाह्र दिनमा किरिया संस्कार सकेर फुकाउने पक्षमा छन् । यसमा पनि काल्पनिक परम्परालाई त्यागेर लैङ्गिक समताका हिसाबले ग्राध्य हुने कुराको मात्र पालना गरेर गरिब र असल काम गर्नेहरूलाई दान दिने परम्पराको थालनीलाई पछ्याउनेहरू पनि छन् । यस कारण कसले गरेको ठिक हो ? भन्ने भन्दा पनि मानवीय हिसाबले जुन उपयुक्त छ त्यही संस्कारका असल कुराहरू चाहिँ मान्नुपर्छ भन्ने पक्षमा मैले आफ्ना विचारहरू पस्किएकी हुँ ।
म यही धर्म संस्कार उपयुक्त छ भनेर ठोकुवा गर्न सक्दिनँ । अधिकांश मानिसले आपूm जेमा अभ्यस्त भइएको छ त्यही गर्न खोज्छ अनि सन्तुष्ट पनि मान्छ । हुन त गरिएका काममा आफू सन्तुष्ट हुँदा अरूलाई असर पुगेको छ कि छैन भन्ने कुरातिर पनि उत्तिकै ध्यान पु¥याउन पर्ने हुन्छ । म मैले गरेको कुरा अरूले गर्नैपर्छ पनि भन्दिनँ तर के चाहिँ भनिरहन्छु भने– “जुनजस्तो धर्म संस्कार पालना गर्दै आइएको छ त्यसले लैङ्गिक विभेद गरेको छ कि छैन अनि मानिसलाई छोइछिटोको व्यवहारमा जकड्याएको छ कि छैन भन्नेबारे सूक्ष्म विश्लेषण गरेर यथार्थ पहिल्याउनु पर्छ÷पर्छ । हिजो जानेर वा नजानेर जे गरियो अब भने वास्तविकतालाई काल्पनिकताले छोपेर गुमराहमा राख्न पाइँदैन ।”
मेरो यही उद्देश्य भएकाले हर कुरामा म मानवता खोज्ने प्रयास गर्छु । जहाँ मानवता हुँदैन त्यहाँ मेरो मन रम्दैन । मनले नस्विकारेपछि घोक्रिन नसकिने रहेछ । त्यसैले मैले धर्म संस्कारका नाममा प्रचलित रूढिगत कुरालाई स्विकार्न सकिनँ । हिन्दु धर्म संस्कारकै कुरा गर्ने हो भने पनि किरिया संस्कारलाई तेह्र महिनाबाट तेह्र दिनमा झारिदाँका सङ्घर्षमय उदाहरण पढ्न र सुन्न पाइन्छ । अस्ति चन्द्र शमशेरको पालामा किरिया संस्कारलाई खुकुलो बनाउनुपर्छ भन्नेहरूले अभियान चलाएर जनतालाई विश्वास जगाउन खोज्दा कोर्रा हानेर रगताम्य पारेको घटना इतिहासले बिर्सिदैन । सुधार नचाहने कट्टरपन्थीहरूले विरोध जनाउँदै गर्दा पनि आखिरमा छोटियो र तेह्र दिननै कायम भयो । यस्तै गरेर वर्तमानमा आइपुग्दा तेह्र दिनसँगै बाह्र, सात र पाँच दिन भएर छोटिँदै गएको देखिन्छ । यस सन्दर्भमा आफ्नो इच्छा र अनुकूल हेरेर किरिया संस्कार गर्दा गराउँदा कसैलाई केही भन्न मिल्दैन तर अरूका कुरा काटेर हिँड्न चाहिँ हुँदैन ।
धर्महरूमा हिन्दु धर्म वैकल्पिक व्यवस्था भएको, लचिलो र विस्तारित रूप भएको उदारवादी पनि देखिन्छ । यसमा आधारित कर्मकाण्डी संस्कारले गर्दा महिलाहरूलाई बेरेर घोक्रेमुन्टो लगाउन बाध्य पारेकाले सङ्कुचित देखिएको हो । जन्मदेखि नै छोरी र छोराका निम्ति भिन्न संस्कार देखिनु, पढाइ, विवाह, दाइजो, कन्यादान महिनावारी, सुत्केरी अवस्थाको विभेद र छोइछिटो, घरपट्टिका परिवार, सासू ससुरा लगायत पतिदेव भनिएकाको सेवा सुस्रुषा मात्र नभएर मृत्यु पश्चात्् पनि पतिदेवकै नाममा गरिने किरिया संस्कारले किच्दा महिलाहरूलाई मुन्टो उठाउन हम्मेहम्मे परेको हो । यस्ता विभेदपूर्ण कुराहरूबारे सोचेर जब साँच्चै समानताको बखानसँगै चुलोचौको, धर्म संस्कारदेखि परि आएका घरायसी काममा व्यवहारिक रूपमा समानता देखाउन सकिन्छ तब मात्र पुरुष र महिला समान भएको अनुभूत गर्न सकिन्छ । वास्तवमा कर्मकाण्डी पेशाले संस्कारका नाममा चलाएको काल्पनिक आङ्कुशेले मलाई पनि तानेर घोक्रयाउला भन्ने आशङ्कामा मैले चाहिँ सबै कुरा विचारेर पाँच दिने किरिया संस्कार अवलम्बन गर्न पुगेँ । बर्सौदेखि पेलिदै र हेपिदै आएका महिलाहरूले आफ्नो अस्मिताको रक्षा जसबाट हुन्छ त्यसैलाई आत्मसाथ गर्ने हो । मलाई म अन्यायमा परेकी छु भन्ने महसूस भएपछि मात्र न्यायको खोजी गर्न सकिन्छ भन्ने लाग्छ ।
पाँच दिने किरिया संस्कारमा पनि दुई धार देखिन्छ । एउटा परम्परावादी धार र अर्को प्रगतिवादी धार हो । परम्परावादी धारमा जसरी शास्त्रीय विधिविधान तयार गरिएको छ त्यसरी प्रगतिवादी धारमा नेपालका सन्दर्भमा यसै गरी गरिनुपर्छ भनेर बन्देजको घेरा लगाएको देखिदैन । किरिया संस्कार गर्नेवालाले मृतकको इच्छा, आफ्नो अनुकूलता र सक्षमताका आधारमा सहजीकरण गरेको देखिन्छ । म चाहिँ प्रगतिवादी धारमा सहमत छु । मेरो विचार कतिपयमा नमिल्न सक्छ ।
यसो भनिरहँदा पण्डितजीहरूलाई चस्का पस्न सक्छ । पण्डितजीहरूले पनि समयोचित रूपान्तरण गर्न जाने उनीहरूलाई दिइँदै आएको अग्रस्थान दिन सकिन्छ । हाम्रा परम्परागत राम्रा कुराहरूको अनुसरण गरेर मलामी जाने, दागबत्ती दिने, मृतकको परिवारलाई सान्त्वता दिने, सेतो पहिरनमा कोराभित्र दुःख व्यक्त गर्ने, मृतकको फोटोमा माल्यार्पण गरी सम्झिने । मृतकका राम्रा र नराम्रा कुराको चर्चा गरी प्रेरणा लिन र सजग रहन कोसिस गर्ने, मृतकका नाममा अक्षयकोष स्थापना गरी पढाइ र अन्य जीविकोपार्जनमा सहयोग पु¥याउने अर्थात् जीवदान जस्तो पुण्य कामको उद्देश्य राख्ने जस्ता काममा सहयोग पु¥याएमा पण्डितजीहरु पनि काम लगाउँदै उपयुक्त पारिश्रमिक दिई उनीहरूको पेसा सुरक्षित गर्न सकिन्छ । महिलाका पक्षधरहरूले बुझ्नु पर्दछ कि श्रीमान््को कोराभित्रको किरिया संस्कार सकिने बित्तिकै महिलाहरूलाई स्वाभाविक अवस्थामा फर्किने वातावरण मिलाउन प्रयत्नरत हुनैपर्छ । किरिया संस्कार अनिवार्य संस्कार हो । यो संस्कारलाई सहज बनाएर मृत्युको बिछोडमा तड्पाउने होइन सान्त्वना दिने खालका क्रियाकलापलाई प्राथमिकतामा राख्नुपर्छ । किरिया संस्कारभित्र लैङ्गिक समानताका लागि रूपान्तरण गर्ने वातावरणका लागि बौद्धिकता खर्च गरौँ । दुःख जीवनमा खेपेर असन्तुष्टिको भारी बोकिरहियो भने सोको प्रभाव सन्ततिमाथि थुप्रिन पुग्छ । यसर्थ एकल प्रयासभन्दा सामूहिक प्रयास प्रभावकारी हुने हुँदा जनतामा चेतना भर्ने उपाय सोच्दै महिलाहरुलाई जागरुक बनाउने योजना र कार्यक्रमका लागि दत्तचित्त भई डटौँ भन्छु म ।