२३ मंसिर, काठमाडौं ।
बालबालिकाहरूले आफ्नो प्रतिभा प्रवाहित गर्ने अवसर पाउन् भन्ने उद्देश्यले आयोजित “बाल प्रतिभा प्रवाह” को चौथो शृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रबन्ध स्रस्टा गौरी दाहालले मिलाउनु भएको थियो ।
बालबालिकाहरूले मासिक रूपमा जुम मार्फत सुनाउँदै आएको अधिकांश रचनामा समाज, संस्कृति, देशको नेतृत्व र सिंगो राष्ट्रप्रतिको उनीहरुको धारणा र वितृष्णा स्पष्ट रुपमा बुझ्न सकिन्छ । चौथो शृङ्खलामा पनि यस्तै भाव व्यक्त भएको पाइन्छ ।
चौथो शृङ्खलामा समीक्षा ढुङ्गाना, वर्षा सेढाईं, विभूति देबकोटा, वेदान्त पंज्ञानी, विप्सन पंज्ञानी, मेधावी देबकोटा, अज्नवी अर्याल, अनिल विशङ्खे, पृशला मगर, कुमार मगराँतीले आ-आफ्ना कविता सुनाएका थिए ।
कार्यक्रममा कविता सुनिसकेपछि आजका अतिथि बाल साहित्यकार बिजयराज आचार्यले नानी बाबुहरूको कवितामाथि समिक्षात्मक टिप्पणी राख्दै निरन्तर लेख्न र लेख्नको लागि साहित्यिक पुस्तक/ पत्रपत्रिका पढिरहन सुझाउनु भयो ।
हरेक कार्यक्रकममा एक जना अतिथिलाई निम्त्याएर कविता माथि समीक्षाका साथै नानी बाबुहरूलाई लेखनबारे सल्लाहा सुझाव र प्रोत्साहित गर्ने गरिएको र बालबालिकाले पनि एक अर्काको रचना सुनेपछि आफूमा निखारता ल्याउँदै गएको महसुस भएको कार्यक्रम सञ्चालक गौरी देबकोटा बताउनु हुन्छ ।
कार्यक्रम हरेक महिनाको तेस्रो साता बालबालिकाको अनुकूलतामा हुने गरेको छ ।