काठमाडौ, २९ भदौ ।
आज राष्ट्रिय बाल दिवस । कोभिड- १९ को कारण देश भरका बालबालिकाहरू शिक्षाबाट बञ्चित हुनुपरेको अवस्था छ । सहरी क्षेत्रमा अनलाइन कक्षाहरू सञ्चालन भए पनि धेरै बालबालिकाहरूको पहुँच बाहिर छ । उनीहरूलाई न त सरकारले शिक्षणको कुनै विकल्प दिएको छ न त स्कुल र अभिभावकबाट नै बैकल्पिक व्यवस्था केही गर्न सकेको देखिन्छ ।
यही अवस्थामा आज बाल दिवसको अवसर पारेर “बाल प्रतिभा प्रवाह” को शृङ्खला – १ सम्पन्न भएको छ । बालबालिकाहरूले आफ्नो प्रतिभा प्रवाहित गर्ने अवसर पाउन् भन्ने उद्देश्यले आयोजित जुम गोष्ठीको प्रबन्ध स्रस्टा गौरी दाहालले मिलाउनु भएको थियो ।
राष्ट्रिय बालदिवसको शुभकामना सहित साँझ ५ बजे शुरू गरिएको कविता वाचन कार्यक्रममा बाल कविहरू समीक्षा ढुङ्गाना, जेनिफर न्यौपाने, शिलता भट्ट, मार्स अंगाईं, रोजी आचार्य, अनिशा अधिकारी, प्रविज्ञा कार्की, विभूति देबकोटा, प्रियाङ्का थापा, उपमा अर्याल,सदीक्षा ढुङ्गाना, एलिसा शाह, दिब्या भण्डारी, ऋतिका दवाडी,प्रतिमा मुडभरी, अनुज राउत, रोजित आचार्य, सृष्टि बिष्ट, रोजी आचार्य, प्रज्ञान कार्की, गरिमा अर्याल, मेधावी देबकोटा, इशा कार्की र समीक्षा राना गरि २४ जना बाल कविहरूले आ-आफ्नो रचना सुनाउनु भयो ।
आजको जुम गोष्ठीको कविता माथि समीक्षात्मक मन्तव्य राख्दै अतिथि स्रष्टा केशरी अंगाईंले समसामयिक विषयहरू पक्रिएर लेखिएका अधिकांश कवितामा उठाइएका विषयहरू अत्यन्तै गम्भीर र सोच्न बाध्य पार्ने खालका भएको र परिपक्क लेखकको झैँ बालबालिकाहरूले आफ्ना बिचारलाई कविता मार्फत प्रस्तुत गरेको बताउनु भयो ।
मासिक रूपमा सञ्चालन गर्ने उद्देश्यले आयोजित “बाल प्रतिभा प्रवाह” लाई कोभिड-१९ को कारण बाहिर गर्ने अनुकूलता नमिलेसम्म यसरी नै जुममा प्रस्तुती दिने र अनुकूल भए पछि बाहिर आयोजना गर्ने संयोजकले दाहालले बताउनु भयो ।