काठमाडौं, १५ माघ ।
शैली थिएटरले ‘११औं राष्ट्रिय बाल नाटक महोत्सव २०७६’ आयोजना गर्दै छ । माघ २२ देखि सुरु भै माघ २९ गते सम्पन्न हुने उक्त महोत्सवमा १६ प्रतियोगी नाटक मञ्चनका लागि छानिएका छन् ।
बालबालिकाको मनोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर नगर्ने, भाषामा केन्द्रित र राष्ट्रिय अखण्डतामा असर नपुर्याउने खालका स्क्रिप्ट मञ्चनका लागि छानिएको आयोजकको भनाइ छ ।
महोत्सव राजधानीको रसियन कल्चर सेन्टरमा हुनेछ ।
महोत्सवको उद्घाटन शैली थिएटरको नाटक ‘सुनौलो माछा’ बाट गरिनेछ । हरेक दिन ३ वटा नाटक मञ्चन हुने तयारी छ । शैलीका महोत्सव संयोजक सुवास सुवेदीका अनुसार उत्कृष्ट अभिनय पुरस्कार स्वरूप दुई जनालाई १० हजार रुपैयाँ दिइनेछ । त्यस्तै
उत्कृष्ट निर्देशन र उत्कृष्ट नाटकलाई सात हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै प्रोत्साहन र पब्लिक च्वाइस् पुरस्कार स्वरूप दुई जनालाई ५–५ हजार रुपैयाँ प्रदान गरिने छ ।