काठमाडौं, ११ फागुन ।
नेपाली जनवादी साङ्गीतिक आन्दोलनका मूर्धन्य संगीतकर्मी रामेश श्रेष्ठको ‘बालापन जीवनको’ सार्वजनिक भएको छ । राल्फा आन्दोलनबाट नेपाली संगीत परम्परामा दह्रो हस्तक्षेप गर्दै प्रगतिशील सांगीतिक अभियानमा क्रियाशील रामेशको यो कृति उनको बाल्यकालको जीवनलाई समेटेर लेखिएको आत्मकथा हो ।
मण्डला थिएटरमा सम्पन्न भएको सार्वजनिक कार्यक्रममा कृतिमाथि कृष्णदेव शर्मा, बुद्धिनारायण श्रेष्ठ, हरिमाया भेटवाल र सङ्गीत स्रोताले टिप्पणी गरेका थिए । फिनिक्स बुक्सले बजारमा ल्याएको उक्त कृति रामेशको आत्मकथाको पहिलो खण्ड हो ।