काठमाडौं, ८ मंसीर
भारतीय नाकाबन्दीविरुद्ध चलचित्रकर्मीहरूले वृहत जागरण अभियान सम्पन्न गरेका छन् । राष्ट्रिय जागरण अभियान गठन गरेरै सुरु गरिएको यो अभियानमा करिब तिनसय सिने कलाकार, निर्देशक, निर्माता र सास्कृतिकर्मीको उपस्थिति थियो । कलाकार बाहेक हजारौँको जनसहभागितामा रत्नपार्कबाट सुरु भएको यो अभियान भद्रकाली, न्यू रोड, इन्द्रचोक र असन हुँदै कमलाक्षीमा पुगेको थियो । जमल कमलाक्षीमा कोण शभालाई अभियानका संयोजक वरिष्ट चलचिलकर्मी हरिहर शर्माले संबोधन गरेपछि अभियान टुङ्गिएको थियो ।
अभियानमा हरिहर शर्मा, यादब खरेल, बसुन्धरा भुसाल, करिश्मा मानन्धर, दीपाश्री, दीपकराज गिरी, मदनदास श्रेष्ठ, कृष्ण मल्ल, राजेन्द्र सलभ लगायत सयौँ कलाकार, गायक, संगीतकार र चलचित्रकर्मीका साथै कवि लेखकको उपस्थिति रहेको थियो ।
चलचित्र राष्ट्रिय जागरण अभियानका सदस्य सचिब केपी पाठकले आगामी मंसिर १४ गते राष्ट्रिय स्वाधिनता अभियानको आयोजनामा सिंहदरबारदेखि ग्ल् भबन पुल्चोकसम्म संस्कृतिकर्मीले मानब साङ्लोद्वारा भारतीय नाकाबन्दीको विरोध गर्ने पनि बताए ।