कवि पोषराज पौडेलको आत्मकथा ‘अतीतका पानाहरू’ लोकार्पण भएको छ । पोखराको नवीन उच्च मा. वि.मा भएको उक्त कार्यक्रम साहित्य श्रृङ्खलाले आयोजना गरेको हो । पुस्तकले हाल ७२ वर्षमा हिँडिरहनु भएका पोषराज पौडेलको जीवनका पाटापक्षका बारेमा उद्घाटन गर्छ । पुस्तकमाथि साहित्यकार हरिहर खनाल, रामराज रेग्मी र रवीलाल अधिकारीले परिचर्चा गर्नुभएको थियो । गण्डकी साहित्य सङ्गमले प्रकाशन गरेको यो पुस्तक २०० पृष्ठको छ ।
साथै यो कार्यक्रम साहित्य श्रृङ्खलाको नियमित कार्यक्रम पनि भएकोले कविहरूले कविता पनि वाचन गरेको थिए । पोखरामा प्रत्येक महिनाको पहिलो शनिवार यो श्रृङ्खला हुनेगर्छ ।