काठमाडौं, कात्तिक २४गते ।
नेपाल प्रज्ञा प्रतिष्ठानले सदाझैँ यस वर्ष पनि लक्ष्मी जयन्ती मनायो । देवकोटा जयन्तीको सन्दर्भ पारेर प्रज्ञाप्रतिष्ठानले कार्यपत्र प्रस्तुत समेत ग¥यो । ‘नेपाली राष्ट्रिय चिन्तनको विकासमा देवकोटाको योगदान’ विषयक कार्यपत्र प्राडा ताराकान्त पाण्डेले प्रस्तुत गर्नुभएको थियो । साथै उक्त अवसरमा कविता वाचन कार्यक्रम पनि राखिएको थियो । कार्यक्रममा करिब तिस जना कविले कविता वाचन गरेका थिए ।